राष्ट्रिय वाणिज्य बैंकको व्यवसाय प्रवद्र्धनका लागि प्रियंका रानी जोशी नियुक्त
- गाउँ सहर संवाददाता
- १० श्रावण मंगलबार, २०७९ | १८:०२:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको व्यवसाय प्रवद्र्धनका लागि मिस नेपाल वल्र्ड–२०२२ की विजेता प्रियंका रानी जोशी नियुक्त भएकी छिन् ।
सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालि बिच सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् ।
बैंकका सीइओ श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा युवावर्गका ग्राहकमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्न ब्रान्ड एम्बासडरमा मिस नेपाल वल्र्ड २०२२ प्रियंका रानी जोशीलाई नियुक्ती गरिएको बताए ।
कार्यक्रममा दी हिडन ट्रेजरका अध्यक्ष दीवाकर राजकर्णिकारले यस्तो सम्झौताले दुवै संस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा मिस नेपाल वल्र्ड २०२२ प्रियंका रानी जोशीले आफु इतिहास बोकेको सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउँदा खुसी लागेको बताइन् ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग सेवा दिइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस