आहा ! साँच्चै धर्तीकाे ‘स्वर्ग’ छ दु:ख बिर्साउने रामारोशन (तस्बिरहरू)
- गाउँ सहर संवाददाता
- १० श्रावण मंगलबार, २०७९ | १६:४२:०० मा प्रकाशित
काठमाडाैं । पर्यटकीय दृष्टिले ‘स्वर्ग’ मानिने अछामको रामारोशन क्षेत्र तालै ताल, मैदान, सिमसार क्षेत्र, प्राकृतिक सम्पदाले भरीपूर्ण छ । १२ बण्ड र १८ खण्डका नामले प्रख्यात यो क्षेत्रमा पुगेपछि जो कोहीकाे एकैक्षणमा लामो यात्राको थकान मेटिन्छ ।
समुन्द्र सतहदेखि २०५० देखि ३७९२ मिटर उचाईमा फैलिएको रामारोशन इतिहास, प्राकृतिक सौन्दर्यता, आध्यात्मिक र जैविक विविधताको सुन्दर बगैचा हो ।
.jpg)
कैलाश खोलाको मुहान रहको रामारोशनमा प्रसस्तै गुफा र झरना छन् । साथै अनेकन जंगली जनावर र पंक्षीको बास्थानसमेत रहेको यहाँ थुप्रै मैदानहरू छन्, ती मध्ये मुख्य किनिमिनी, रामे र रोशन हुन् ।
अछामको उत्तर-पूर्वी क्षेत्रमा पर्ने रामारोशन क्षेत्र जिल्ला हुँदै बग्ने कैलाश नदीको उद्गमस्थल पनि हो । रामारोशन क्षेत्र भएरै अछामको बिच भाग हुँदै यो नदी बग्ने गर्छ ।चारैतिर अग्ला पहाडका चुचुरा अनि घना जङ्गलबिचका ताल र घाँसेमैदानले जो कोहीलाई मोहनी लगाउँछ । बहुमूल्य जडीबुटी, लोपोन्मुख जनावरसहित त्यहाँको हरियाली र प्राकृतिक सम्मिश्रणले मनमोहक लाग्छ ।
.jpg)
रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट यस क्षेत्रको नाम रामारोशन रहेको किम्बदन्ती यहाँका मानिस सुनाउँछन् । एकथरीले यो क्षेत्रमा शिव-पार्वती बस्ने गरेकाले नै रामारोशन नामकरण भएको बताउँछन् ।
.jpg)
बाह्रवटा तालहरुमा सबैभन्दा ठुलो ताल जिगाले ताल हो । जसको आकार अंग्रेजी अक्षर “सि“ जस्तो छ ।
महादेव र पार्वतीको बासस्थानको रूपमा रहेको मानिने रामारोशनमा सिमसार क्षेत्र पनि छ । रामारोशन क्षेत्रलाई पर्यटकीय, धार्मिक र ऐतिहासिक अनुसन्धान गर्न पनि अति महत्वपूणर् स्थानको रुपमा विकास गर्न सकिन्छ । परापूर्वकालमा राक्षसलाई जिगाले तालको बीचमा रहेकोे खम्बामा बाँधेर मारेकाले भन्ने जनश्रुतिसँगै नजिकै रहेको मन्दिरमा पूजा गरेमा मनोकमना पूरा हुने रामारोशनवासीको भनाइ छ ।
थप तस्बिर :
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
तस्बिरहरू हेमन्त राईकाे फेसबुकबाट
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
प्रतिकृया दिनुहोस