गाउँ सहर

सांसदले मास्क लगाउन छाडेपछि सभामुखकाे रूलिङ

काठमाडाैं । सभामुख अग्नि सापकोटाले सांसदहरूलाई अनिवार्य रूपमा मास्क लगाउन निर्देशन दिएका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा सभामुखले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरूलाई रुलिङ गरेका हुन् ।

भाइरसको बढ्दो संक्रमणप्रति सचेतता अपनाउन उनले आग्रह गरे । 

‘कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा स्वास्थ्यका मापदण्ड अपनाउन ध्यानाकर्षण गराउँछु । माननीय सदस्यज्यूहरूलाई मास्क लगाउन आग्रह गर्दछु’, सभामुख सापकोटाले भने ।

गाउँ सहर संवाददाता