राष्ट्र बचाउनेतर्फ केन्द्रित हुन जरुरी - कास्की समन्वय प्रमुख पौडेल
- गाउँ सहर संवाददाता
- १० श्रावण मंगलबार, २०७९ | ०८:०५:०० मा प्रकाशित

पोखरा । जिल्ला समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेलले सबैको ध्यान राष्ट्र बचाउने मा केन्द्रीत हुन जरुरी भएको बताएका छन् । उनले राज्यका कतिपय निकायले अति उत्कृष्ट काम गरे पनि कतिपय निकाय कागजमा काम देखाउन मात्रै लाग्ने गरेको आरोप लगाए ।
पौडेलले सो कुरा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई ,कास्कीको आयोजनामा आर्थिक वर्ष २०७८/०७९को प्रदेशस्तरीय चौथो त्रैमासिक तथा वार्षिक अवधिको प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै बताएका हुन् ।
अहिलेका जनप्रतिनिधि कुनै लोभ लालचमा नफसी काम गर्नु पर्ने भन्दै सबैलाई कुरा कम काम बढी गर्ने गरी कार्यक्षेत्रमा खरो उत्रन आग्रह गरे। कृषकको उचित सम्मान सहित सहि मूल्य प्रदान गर्ने नीति निर्माण गर्न आग्रह गरे ।
कर्तब्य र दायित्व सबैले पूरा गरे मात्रै राष्ट्रको उत्थान सम्भव भएको भन्दै पौडेलले कृषकको हर समस्या समाधान गर्ने गरि तयारी गर्न सरोकारवाला कार्यालयलाई आग्रह गरे ।
कृषिमा बिचौलिया प्रथा अन्त्य नभए सम्म वास्तविक किसानको हित सम्भब नहुने उनको भनाइ थियो ।
गण्डकी प्रदेश कृषि मन्त्रालयका सचिब हरि बहादुर केसीले जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका बिभिन्न जिल्लाका इकाइ प्रमुख हरुले आफ्नो प्रतिबेदन र समीक्षा प्रस्तुत गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस