मन्दाकिनी हाइड्रोपावरको आईपीओ बिक्री खुला, राप्ती हाइड्रोको आज बाँडफाँट हुने
- गाउँ सहर संवाददाता
- ९ श्रावण सोमबार, २०७९ | ०७:५६:०० मा प्रकाशित

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित दरका ११ करोड ७६ लाख सात हजार ३०० रुपैयाँबराबरको ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।
कुल कित्तामध्ये २ प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ । ५ प्रतिशत अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा साउन १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयभित्र मागबमोजिम आवेदन नपरेमा साउन २३ गतेसम्म आवेदन दिने समय थप हुनेछ ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस (आईएस) रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरोसेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
राप्ती हाइड्रोको आईपीओ आज बाँडफाँट हुने
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर भोलि साउन ९ गते (सोमबार) बाँडफाँट हुने भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार प्रिअलमेन्ट सकाएर सोमबार शेयर बाँडफाँट गर्ने भएको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यलय नक्सालमा बिहान ९ बजे बाँडफाँट हुनेछ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार २ लाख १७ हजार ६९४ जनाले मात्रै शेयर पाउनेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस