पुरानाेले गर्न यति गाह्राे छ, नयाँले के गर्छ ? नेता प्रकाशमान सिंह
- गाउँ सहर संवाददाता
- ७ श्रावण शनिबार, २०७९ | १५:३९:०० मा प्रकाशित
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली राजनीतिमा वैकल्पिक शक्ति बन्नका लागि भर्खरै खुलेका नयाँ दलहरुले केही गर्न नसक्ने बताए ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले परिवर्तनका लागि महत्वपूर्ण योगदान दिएका कांग्रेस, एमाले जस्ता पार्टीहरुलाई त काम गर्ने मुस्किल परिरहेको अवस्थामा नयाँ दल खोल्नेहरुले केही गर्न नसक्ने टिप्पणी गरे ।
उनले भने, 'हिजो के–के न गर्छु भनेर काठमाडौँमा चुनाव लड्न आएका नेताले समाज र देश परिवर्तन गरे कि आफू परिवर्तन भए, त्यो कुरा अब पनि भनिरहनु पर्दैन ।' चुनाव लड्नका लागि मात्रै पार्टी खोल्नेहरु र नागरिकको अधिकारको लागि बलिदान दिएका, खारिएर आएका, जेल गएका पार्टी र नेताहरुका बारेमा हल्का रुपमा तुलना गर्न हुँदैन भन्ने उनकाे भनाइ थियाे ।
अहिले धमाधम गठन भईरहेका नयाँ पार्टीले समाजमा अनावश्यक भ्रम फैलाउन खोजेको बताउँदै सिंहले हिजो लोकतन्त्र ल्याउन बलिदान दिएका दलहरुको भूमिका ओझेलमा पार्न खोजिएको बताए ।
उनले भने, 'काम केही नगर्ने सामाजिक सञ्जालमार्फत नेता बन्ने लहर चलेकाले रहर गर्नु नराम्रो नभए पनि राजनीति आन्दोलनमा कहिँ देखिए ?" जनतालाई समस्या पर्दा कतै नभेटिनेहरुले कसरी देश र जनताको सेवा गर्छन् भनेर उनले प्रश्नसमेत गरे ।
नेता सिंहले कांग्रेसले अवसर पाउँदा आफ्नो भूमिका निभाएकाले कांग्रेस मात्रै यो मुलुकको लागि हितकारी भएको दाबी गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
प्रतिकृया दिनुहोस