पुरानाेले गर्न यति गाह्राे छ, नयाँले के गर्छ ? नेता प्रकाशमान सिंह
- गाउँ सहर संवाददाता
- ७ श्रावण शनिबार, २०७९ | १५:३९:०० मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली राजनीतिमा वैकल्पिक शक्ति बन्नका लागि भर्खरै खुलेका नयाँ दलहरुले केही गर्न नसक्ने बताए ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले परिवर्तनका लागि महत्वपूर्ण योगदान दिएका कांग्रेस, एमाले जस्ता पार्टीहरुलाई त काम गर्ने मुस्किल परिरहेको अवस्थामा नयाँ दल खोल्नेहरुले केही गर्न नसक्ने टिप्पणी गरे ।
उनले भने, 'हिजो के–के न गर्छु भनेर काठमाडौँमा चुनाव लड्न आएका नेताले समाज र देश परिवर्तन गरे कि आफू परिवर्तन भए, त्यो कुरा अब पनि भनिरहनु पर्दैन ।' चुनाव लड्नका लागि मात्रै पार्टी खोल्नेहरु र नागरिकको अधिकारको लागि बलिदान दिएका, खारिएर आएका, जेल गएका पार्टी र नेताहरुका बारेमा हल्का रुपमा तुलना गर्न हुँदैन भन्ने उनकाे भनाइ थियाे ।
अहिले धमाधम गठन भईरहेका नयाँ पार्टीले समाजमा अनावश्यक भ्रम फैलाउन खोजेको बताउँदै सिंहले हिजो लोकतन्त्र ल्याउन बलिदान दिएका दलहरुको भूमिका ओझेलमा पार्न खोजिएको बताए ।
उनले भने, 'काम केही नगर्ने सामाजिक सञ्जालमार्फत नेता बन्ने लहर चलेकाले रहर गर्नु नराम्रो नभए पनि राजनीति आन्दोलनमा कहिँ देखिए ?" जनतालाई समस्या पर्दा कतै नभेटिनेहरुले कसरी देश र जनताको सेवा गर्छन् भनेर उनले प्रश्नसमेत गरे ।
नेता सिंहले कांग्रेसले अवसर पाउँदा आफ्नो भूमिका निभाएकाले कांग्रेस मात्रै यो मुलुकको लागि हितकारी भएको दाबी गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस