१ कराेडकाे घरजग्गा धिताे राख्दा ३० लाख ऋण, नयाँकाे लागि १ कराेड ५० लाख रुपैयाँसम्म कर्जा पाउने
- गाउँ सहर संवाददाता
- ७ श्रावण शनिबार, २०७९ | ०७:५५:०० मा प्रकाशित
काठमाडौँ । काठमाडौँ उपत्यकामा १ करोड रुपैयाँ बजार मूल्य भएको जग्गा धितो राख्दा ३० लाख रुपैयाँ मात्रै ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमार्फत प्रयोजन नखुल्ने ऋण दिँदा मार्केट भ्यालुको ३० प्रतिशत मात्रै ऋण पाउने व्यवस्था गरेको हाे ।
यस अघि यस्तो खालको ऋण लिँदा उपत्यकामा ४० प्रतिशत र उपत्यका बाहिर ५० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था थियो ।
अब बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा धितो राखेर विविध शीर्षकमा कर्जा लिँदा उपत्यकामा भए बजार मूल्यको ३० प्रतिशत र उपत्यका बाहिर भए बजार मूल्यको ४० प्रतिशत मात्रै ऋण पाइने भएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले घर/जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालु (चल्तीको बजार मूल्य) बीचको अनुपात काठमाडाैँ उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको हो ।
यसको अर्थ काठमाडौँ उपत्यकामा कसैले १ करोड रुपैयाँको घरजग्गा किनेको छ भने उसले अर्को विविध प्रयोजनको लागि ऋण लिनु पर्दा ३० लाख रुपैयाँ मात्रै ऋण पाउने छ । तर पहिलोपटक घर बनाउनको लागि लिइने ऋणमा भने यस्तो व्यवस्था लागू हुने छैन । पहिलोपटक घर बनाउन भने बैंकहरूले ६० देखि ७० प्रतिशतसम्म कर्जा दिँदै आएका छन् ।
पहिलो पटक घर बनाउन १ करोड ५० लाख रुपैयाँसम्म कर्जा पाउने व्यवस्था छ । तर घरजग्गा धितो राखेर फेरि घरजग्गा नै किन्ने वा प्रयोजन नै नखुलाएर लिने मोर्गेज लोनमा भने राष्ट्र बैंकले कडाइ गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस