वातावरण

शनिबार प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा

काठमाडाैँ । २०७९ साउन ७ गते (शनिबार), जल तथा माैसम विभागका अनुसार दिउँसो देशका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता