अर्थतन्त्र
एक उद्योगीले ६ सय करोडको सम्पत्ति दान दिए
- गाउँ सहर संवाददाता
- ३ श्रावण मंगलबार, २०७९ | २०:३१:०० मा प्रकाशित
काठमाडाैँ । भारत मुरादाबादका उद्योगपति डा. अरविन्द कुमार गोयलले आफ्नो सम्पूर्ण सम्पत्ति गरिबहरूका लागि दान गरेका छन् । दान गरिएको सम्पत्तिको मूल्य लगभग ६०० करोड भारतीय रुपैयाँ छ । गोयलले आफूसँग घर मात्र राखेका छन् । उनले ५० वर्षको मिहिनेतमा यो सम्पत्ति जाेडेका हुन् ।
व्यवसायी हुनुका साथै सामाजिक सेवामा समेत संलग्न रहेका डा. गोयलको सहयोगमा विगत २० वर्षदेखि देशभर सयौं वृद्धाश्रम, अनाथ आश्रम र निःशुल्क स्वास्थ्य केन्द्रहरू सञ्चालन भइरहेका छन् । यससँगै उनीहरुकै सहयोगमा सञ्चालित विद्यालयमा गरिब बालबालिकालाई निःशुल्क शिक्षा दिइँदै आएको छ । कोभिड लकडाउनमा पनि उनले करिब ५० गाउँका जनतालाई निःशुल्क खाना र औषधि उपलब्ध गराएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
प्रतिकृया दिनुहोस