देशभर ह्वात्तै बढ्याे काेराेना, एक जनाको मृत्यु, १५ जना आईसीयूमा र एकजना भेन्टिलेटरमा
- गाउँ सहर संवाददाता
- २ श्रावण सोमबार, २०७९ | १६:४३:०० मा प्रकाशित

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा काेराेना भाइरस संक्रमण हुनेकाे संख्या ह्वात्तै बढेकाे छ ।
साेमबार ४ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा एक जनाको मृत्यु भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो । कुल ४ हजार ६ सय ५१ जनाको कोरोना परीक्षण गर्दा त्यो संख्यामा संक्रमित भेटिएका हुन् ।
२ हजार ३४१ जनाको पिसिआर र २ हजार ३१० जनाको एन्टिजेन परीक्षण गर्ने क्रममा उक्त संख्यामा संक्रमित भेटिएको हो ।
काठमाडौंमा १६३, भक्तपुरमा १० र ललितपुरमा ४५ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एकहजार ११३ पुगेको छ ।
आज देशभर रहेका एकहजार ७७६ जना सक्रिय संक्रमितमध्ये एकहजार ७०१ जना होम आइसोलेसनमा र ७५ जना संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेकामध्ये १५ जना आईसीयूमा र एकजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस