साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबल खेल्ने टिम घोषणा (नामावलीसहित)
- गाउँ सहर संवाददाता
- २ श्रावण सोमबार, २०७९ | १२:१९:०० मा प्रकाशित
काठमाडौं । नेपालले भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबलका लागि टिम घोषणा गरेको छ ।
साउन ९ गतेदेखि २० गते (जुलाई २५ देखि अगष्ट ५ सम्म) भारतको भुवनेश्वरमा हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको हाे ।
मुख्य प्रशिक्षक मेघराज केसीले २३ जनाको अन्तिम टोली छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । दोस्रो चरणको बन्द प्रशिक्षणमा रहेका ३० बाट अन्तिम टोली छनोट गरिएको हो ।
च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।
च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ ।
त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ ।
शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।

नेपाली टोली :
गोलकिपर : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख
डिफेन्डरःअमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा
मिडफिल्डर : दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्डः दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस