अर्थतन्त्र

यी १० बस्तु आयातमा प्रतिबन्ध

काठमाडाैं । सरकारले साउन १ गते देखि लागू हुने गरी नेपालमा १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको छ । 

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा बैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित भदौं १४ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न १० सामग्रीहरू आयात गर्न नपाइने बताएको हो ।

आयात प्रतिबन्धित १० बस्तु
१- कुरकुरे, कुरमुरे, लेज र त्यस्तै उत्पादनहरू
२- सबै प्रकारका तयारी मदिरा
३- चुरोट तथा सुर्तीजन्य बस्तु
४- हिरा (औद्योगिक कच्चा पदार्थ बाहेक)
५- ३ सय डलर माथिका स्मार्ट फोनहरू 
६- ३२ इन्चमाथिका रङ्गिन टेलिभिजन
७- जिप/कार/भ्यानहरू
८- १५० सिसी माथिमा मोटरसाइकल
९- सबै प्रकारका खेलौनाहरू
१०- खेल्ने तास

गाउँ सहर संवाददाता