‘साहेब ! म सँग दिल्लीसम्म आउने पैसा छैन, कृपया पुरस्कार हुलाकबाट पठाइदिनुहोला’
- गाउँ सहर संवाददाता
- ३१ असार शुक्रबार, २०७९ | ०९:०६:०० मा प्रकाशित

‘साहेब ! म सँग दिल्लीसम्म आउने पैसा छैन, कृपया पुरस्कार हुलाकबाट पठाइदिनुहोला’ ~ यसपालिको पद्मश्री सम्मानबाट पुरस्कृत साहित्यकार हलधर नाग ।
हलधर नाग, जसको नामको अघि कहिल्यै 'श्री' लेखिएन । ३ जोडी लुगा, एकजोर भाँच्चिएका रबर चप्पल, एउटा अत्यन्तै थोत्रो चस्मा र ७३२ रुपैयाँ जम्मा पुँजीको मालिकलाई भारतमा पद्मश्री पुरस्कारको विजेता घोषणा गरिएको छ । साे सन्दर्भमा उनले यहि भने ।
हलधर नाग एउटा यस्तो नाम हो जो किताबी ज्ञान वा डिग्री भन्दा ज्ञानी र विद्वान हुनको लागि प्रमाणित गरेका छन् । कवि नागले पद्मश्री पुरस्कार पाएपछि उनी निरन्तर अहिले चर्चामा छन् । हामीले पनि उनकै बारेमा खाेज्ने प्रयास गरेका छाैँ ।
को हुन् हलधर नाग ?
३ जोडी लुगा, एकजोर भाँच्चिएका रबर चप्पल, एउटा अत्यन्तै थोत्रो चस्मा र ७३२ रुपैयाँ जम्मा पुँजीको मालिकलाई पद्मश्री पुरस्कारको विजेता घोषणा गरिएको छ । उनी ओडिशाका हुन् । र कोसली भाषाका प्रसिद्ध कवि हुन् । उनले अहिलेसम्म लेखेका सबै कविता र २० महाकाव्यहरू सम्झन्छन् र कठस्थ पनि छन् ।
नागको कोसली भाषाको कविता पनि पाँच विद्वानको पीएचडी अनुसन्धानको विषय हो । यसबाहेक सम्बलपुर विश्वविद्यालयले उनको सबै लेखन कार्यलाई हलधर ग्रन्थवली–२ नामक पुस्तकको रूपमा आफ्नो पाठ्यक्रममा समावेश गरेको छ ।
सादा लुगा, सेतो धोती, गम्छा र बनियान लगाएका हलधर प्रायः खाली खुट्टा नै रहन्छन् । यस्ता हीरालाई कुनै सञ्चार माध्यमले फेला पारेनन्, तर मोदी सरकारले खोज्यो र पद्मश्रीको लागि सिफारिस गर्यो ।
हलधर एक गरिब दलित परिवारबाट आएका थिए, १० वर्षको उमेरमा आमाबुवाको मृत्यु भएपछि उनले तेस्रो कक्षा पढ्दापढ्दै पढाई छोडे । अनाथको जीवन जिउँदै उनले ढाबामा फोहोर भाँडाकुँडा सफा गर्न धेरै वर्ष बिताए । पछि विद्यालयमा भान्साकोठाको काम पाए । केही वर्षपछि बैंकबाट एक हजार रुपैयाँ ऋण लिएर विद्यालयको अगाडि कलम–पेन्सिल आदिको सानो पसल खोले । जहाँ उनले विद्यालय समय पछिको बिदामा पार्टटाइम काम गर्न थाले ।
हलधरले स्थानीय ओडिया भाषामा राम शबरी जस्ता केही धार्मिक विषयवस्तुहरूमा लेखेर सन् १९९५ तिर मानिसहरूलाई सुनाउन थाले । भावनाले भरिएका कविता लेखेर जबरजस्ती जनतामाझ प्रस्तुत गरेर उनी यति लोकप्रिय भएका थिए कि यो वर्ष राष्ट्रपतिले उनलाई साहित्यका लागि पद्मश्री प्रदान गरे ।
यहि विषयमा भिषण क्षेत्री सञ्जालमा लेख्छन्ः
तिमी किताबमा प्रकृति रोज्छौ
पद्मश्रीले प्रकृतिबाटै पुस्तक छनोट गर्यो ।
सलाम छ यस्ता व्यक्तित्वहरुलाई जसको लक्ष्य धनार्जन होइन ज्ञानार्जन हुने गर्छ ।
नागले कविता रचना गरेर साहित्यिक जगतलाई समृद्ध बनाए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस