संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त
- गाउँ सहर संवाददाता
- ३० असार बिहीबार, २०७९ | २१:१६:०० मा प्रकाशित

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) को वीरगञ्जमा बसेको बैठकले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त गरेको छ ।
उपेन्द्र यादवको अध्यक्षतामा जसपाको बैठक बुधबार र बिहीबार वीरगञ्जमा बसेको बैठकले उक्त नेतालाई पदमुक्त गरेकाे हो ।
बैठकले संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको केन्द्रीय सदस्य मधु सिंहले जानकारी दिइन् ।
डा. भट्टराईसँगै गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोँबलाई कार्यकारिणी भूमिकाबाट पदमुक्त गरिएको छ ।
बैठकमा अध्यक्ष यादवले राखेको प्रस्ताव केन्द्रीय सदस्यहरुले एक मतले पारित गरेका छन् ।
पार्टी विरोधी गतिविधिमा लागेको भन्दै भट्टराई र उनको पक्षमा लागेका ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई कारबाही गरी पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको केन्द्रीय सदस्य सिंहले जानकारी दिइन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस