संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त
- गाउँ सहर संवाददाता
- ३० असार बिहीबार, २०७९ | २१:१६:०० मा प्रकाशित
वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) को वीरगञ्जमा बसेको बैठकले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त गरेको छ ।
उपेन्द्र यादवको अध्यक्षतामा जसपाको बैठक बुधबार र बिहीबार वीरगञ्जमा बसेको बैठकले उक्त नेतालाई पदमुक्त गरेकाे हो ।
बैठकले संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको केन्द्रीय सदस्य मधु सिंहले जानकारी दिइन् ।
डा. भट्टराईसँगै गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोँबलाई कार्यकारिणी भूमिकाबाट पदमुक्त गरिएको छ ।
बैठकमा अध्यक्ष यादवले राखेको प्रस्ताव केन्द्रीय सदस्यहरुले एक मतले पारित गरेका छन् ।
पार्टी विरोधी गतिविधिमा लागेको भन्दै भट्टराई र उनको पक्षमा लागेका ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई कारबाही गरी पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको केन्द्रीय सदस्य सिंहले जानकारी दिइन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस