प्रतिनिधि सभा

आज बस्ने प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयक पेस गर्ने तयारी

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९ पेस गर्ने तयारी छ । संसदको सम्भावित कार्यसूचीमा  गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक  पेस गर्ने उल्लेख गरिएको छ ।

आजकै बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने प्रस्तावमाथि सांसद प्रेम सुवाल, शेरबहादुर तामाङ र भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत हुनेछ ।

नेपाल रेल्वे विधयक-२०७९ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने, पारित गर्न प्रस्ताव गर्ने, आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेलगायतका कार्यसूची पनि रहनसक्ने संसद सचिवालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत