अर्थतन्त्र

सेयर बजारले देखायाे डब्बल राताे झण्डा, साना र मझाैला लगानीकर्ता गले

काठमाडाैँ । साेमबारकाे सेयर बजारले पनि डब्बल राताे झण्डा देखाएकाे छ । साेमबार नेप्से परिसूचक १ हजार ९१५ दशमलब ६१ मा राेकियाे । बजार ७७ दशमलब ०१ अंक अर्थात माइनस ३ दशमलब ८६ प्रतिशतले घट्याे ।

समयकाे अन्त्यमा काराेबार २ अर्ब ३२ कराेड ५६ लाख ४१ हजार २२ पुग्याे । एक कम्पनीकाे अंकमा भने कुनै परिवर्तन भएन बाँकी १८८ कम्पनीकाे मूल्य घट्याे ।

सोमबार एचडिएल, एनआइसिए, अप्पर, एएलआइसीएल, एनएलआइसीको कारोबार बढी भएको छ ।

एसबिडी८७, बिओकेडि८६, जिडब्लूएफडि८३, एमएमएफ१, एसएचएलजस्ताले कमाए ।

बजारकाे निरन्तर घटाइकाे मारमा साना र मझाैला लगानीकर्तामा परेकाे देखिएकाे छ ।

गाउँ सहर संवाददाता