आठराई गाउँपालिकाले बिनाधिताे ऋण दिने
- गाउँ सहर संवाददाता
- २७ असार सोमबार, २०७९ | ०९:०२:०० मा प्रकाशित
तेह्रथुम । आठराई गाउँपालिकाले बिनाधिताे ऋण दिने दिने भएकाे छ । नेपालको प्रदेश नम्बर १ मा पर्ने पहाडी जिल्लामध्ये तेह्रथुम पनि एक हो । यस जिल्लामा ६ वटा पालिका रहेका छन । त्यसमध्ये आठराई गाउँपालिका पनि एक हो ।
यस गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा युवा लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ । युवाहरूलाई गाउँमै रोजगार बनाउने उद्देश्यका साथ युवा लक्षित कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा रहेको युवाहरूलाई बिनाधितो बिनाब्याज व्यावसायिक लगानी गर्ने भएको छ । गाउँपालिकाको सबै वडामा १० जनाको समूह बनाई एक वडा एक समूहलाई १० लाख रुपैयाँ लगानी गर्ने नीति ल्याएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए ।
उनका अनुसार गाउँपालिकाले लगानी गरेको रकम लगानी भएको तीन वर्षमा ३० प्रतिशत, ४ चार वर्षमा ३० प्रतिशत र पाँचौं वर्षमा ४० प्रतिशतका दरले फिर्ता गर्नुपर्नेछ । उनी भन्छन्, “युवाहरू रोजगारी गर्न लगानी नपाएर भौंतारिरहेकाले हामीले केही गर्न खोज्ने युवाहरूका लागि यो कार्यक्रम अघि सारेका हाैँ । व्यावसायिक रूपमा फर्म दर्ता गरी १० जनाको समूह बनाएर गाउँपालिकामा माग गरेको खण्डमा प्रत्येक वडामा हरेक वर्ष एउटा समूहलाई १० लाख रुपैयाँ लगानी गर्छाैं । व्यवसाय सञ्चालन गर्दै तीन वर्षदेखि लगानी फिर्ता गरी पाँचाैँ वर्षमा भने चुक्ता गर्नुपर्नेछ ।”
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
प्रतिकृया दिनुहोस