ओएसिस एजुकेशनको ब्राण्ड एम्बेसडरमा प्रियंका रानी जोशी
- गाउँ सहर संवाददाता
- २६ असार आइतबार, २०७९ | २१:१९:०० मा प्रकाशित
काठमाडाैँ । ओएसिस एजुकेशनले यस वर्षकी मिस नेपाल ओल्डको ताज जित्न सफल प्रियंका रानी जोशीलाई आफ्नो नयाँ ग्लोबल ब्राण्ड एम्बेसडर घोषणा गरेको छ ।
पत्रकारिताकी विद्यार्थी तथा बहुआयामिक मिस नेपाल प्रियंका, आफूले सानो उमेरमै प्राप्त गरेका थुप्रै उपलव्धीको प्रमुख कारण स्तरीय शिक्षा मान्छिन् । तसर्थ, उनी सन् २०१२ देखि नै विद्यार्थीहरुलाई उत्तम शैक्षिक परामर्श तथा भिसा प्रोसेसिङ गर्न सहयोग गर्दै आएको यस कम्पनीसंग आबद्ध हुँदा उत्साहित भएको बताउँछिन् ।
ओएसिसका सञ्चालक कुशल के.सी. मिस नेपालको माध्यमबाट ओएसिसका साझेदार शिक्षण संस्थाहरुले उपलब्ध गराउने गुणस्तरीय तर किफायती सेवा सुविधाबाट लाभ उठाउन सक्ने धेरै भन्दा धेरै नेपाली विद्यार्थीर्हरुमा उक्त जानकारी पुर्याउन सहयोग हुने विश्वास गर्छन् । उनी भन्छन्, “हामी प्रियंकालाई ओएसिस परिवारमा स्वागत गर्न उत्साहित छौँ वहाँको कौशलता र उदारताका गुण हाम्रो कार्य शैलीसंग मिल्ने हुनाले हाम्रो यस शाझेदारी निकै नै फलदायी हुनेछ ।”
ओएसिस र द हिडन ट्रेजरको लामो समयको सम्बन्ध रहेको छ । यस अघि यस संस्थाको ब्राण्ड एम्बेसडरका रुपमा मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडा रहेकी थिइन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस