गाउँ सहर
जापानी पूर्वप्रधानमन्त्रीको निधनमा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
- गाउँ सहर संवाददाता
- २४ असार शुक्रबार, २०७९ | १९:५६:०० मा प्रकाशित
काठमाडौं । सरकारले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको निधनमा राष्ट्रिय शोक मनाउने भएको छ ।
गोली प्रहारबाट शुक्रवार निधन भएका जापानी पूर्वप्रधानमन्त्री आवेको निधनमा शनिवार राष्ट्रिय शोक मनाउने निर्णय शुक्रवारको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
सरकारले घटना निन्दनीय भएको भन्दै भर्त्सना पनि गरेको छ । नेपालका तर्फबाट उनको निधनप्रति दुःख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र आवेको परिवारप्रति समवेदना समेत व्यक्त गरेको छ ।
शुक्रबार चुनावी सभालाई सम्बोधन गरिहेका बेला आवेमाथि गोली प्रहार भएको थियो । गोली लागेर ढलेका उनलाई हृदयघात समेत भइ मृत्यु भएकाे थियाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस