अर्थमन्त्रालय सम्हालेका प्रधानमन्त्री देउवालाई शेयरबजारले देखायाे राताे झण्डा
- गाउँ सहर संवाददाता
- २३ असार बिहीबार, २०७९ | १५:१८:०० मा प्रकाशित

काठमाडाैं । अर्थमन्त्रालय सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई शेयरबजारले राताे झण्डा देखाएकाे छ । बुधबार अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै अर्थमन्त्रालयकाे जिम्मेवारी लिएका छन् ।
बजेट बनाउँदा एकजना पूर्व नायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको शर्मालाई आरोप छ । त्यस्तै, बजेट आउनु अघिल्लो दिनको अर्थ मन्त्रालय सिसिटिभी फुटेज डिलिट भएको अर्थमन्त्रालयले भनेपछि शर्माविरुद्ध व्यापक विरोध भएकाे थियाे । करका दरहरू हेरफेर गर्न लगाएको विषयमा छानबिन गर्न बुधबार संसदीय विशेष समिति समेत गठन गरिएको छ ।
शर्माले अर्थमन्त्रीबाट राजीनामा गरेपछि बजार बढ्ने केही लगानीकर्ताकाे विश्लेषण थियाे भने केही 'च्याँखे लगानीकर्ता' हरू किनबेचकाे दाउमा थिए । त्यसैले बिहीबारकाे बजारमा उतार चढाव नै देखियाे ।
आज नेप्से १६.६० अंकले घटेर २०२७.३२ विन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन शेयर बजार घटेसँगै कारोबार रकम भने घटेको छ । आज नेप्सेमा १ अर्ब ८० करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा २ अर्ब १७ करोड ८६ लाख रुपैयाँ बराबरको भएको थियो ।
आज कारोबार भएका २९ कम्पनीको शेयरमूल्य बढेको छ भने १५७ कम्पनीको शेयरमूल्य घटेको छ ।
आरविवि म्युचुअल फण्ड १ को ३.९३ प्रतिशतले बढेर प्रतिकित्ता ८.४६ रुपैयाँ पुगेको छ भने माउन्टेड हाइड्रो शेयरमुल्य ३.२४ प्रतिशतले बढेर प्रतिकित्ता २८७ रुपैयाँ पुगेको छ ।
त्यसैगरि समिट लघुवित्त वित्तीय संस्था र लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
कारोबारको आधारमा आज सबैभन्दा बढी लाइफ इन्स्योरेन्स कर्पोरेशनको भएको छ । यसको आज ७ करोड ६५ लाख भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस