लेखनाथ पत्रकार मञ्चलाई सहयोग
- गाउँ सहर संवाददाता
- २० असार सोमबार, २०७९ | २०:३६:०० मा प्रकाशित

लेखनाथ । लेखनाथ पत्रकार मञ्चका कार्य समिति सदस्य श्री कृष्णप्रसाद लामिछाने मार्फत मञ्चलाई सहयोग प्राप्त भएको छ । पाेखरा महानगरपालिका २६ अर्घाैं निवासी तुलसा न्याैपानेकाे चाैरासी पुजनका अवसरमा मञ्चलाई सहयोग गरिएको हो ।
न्याैपाने परिवारले लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल सहितको टोली लाई सहयोग स्वरुप पाँच हजार रुपैयाँ हस्तान्तरण गरेको थियो । सहयोग हस्तान्तरण गर्दै छाेराहरु ईश्वरी न्याैपाने, कृष्णप्रसाद न्याैपाने र छाेरीहरु सहित परिवारजनले मञ्चले गर्दै आएको पत्रकार सम्मान तथा कोषवृद्दिमा सहयोग पुर्याउन आफूहरु सकारात्मक रहेको बताए ।
लेखनाथ पत्रकार मञ्चका कोषाध्यक्ष सञ्जय आचार्य, निवर्तमान अध्यक्ष भीमपाणि बराल,उपाध्यक्ष सुमन जिसी, सचिव विष्णु हरि पाैडेल लगायतले सहयोगकाे सहि उपयोग हुने वचन दिदै न्याैपाने परिवारकाे सुस्वास्थ्य, दीर्घायुकाे कामना तथा धन्यवाद ज्ञापन गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस