चौरासी पूजाका अवसरमा लेखनाथ पत्रकार मञ्चलाई सहयोग
- गाउँ सहर संवाददाता
- ३ कार्तिक बुधबार, २०७८ | १५:३७:०० मा प्रकाशित
लेखनाथ । पोखरा महानगरपालिका वडा नं। ३० निवासी लालमोहन कंडेल तथा श्रीमती राधिका कंडेलको परिवारले लेखनाथ पत्रकार मञ्चलाई सहयोग गरेका छन् ।
बुधबार कंडेलको चौरासी पूजाको अवसर पारेर मञ्चलाई रु. पाँच हजार पाँच सहयोग गरिएको हो ।
लेखनाथ पत्रकार मञ्चले पत्रकारिताका क्षेत्रमा गर्दै आएका गतिविधिलाई थप टेवा पु-याउने उद्धेश्यले उक्त सहयोग गरिएको कंडेलका छोरा हेमन्त कंडेलले बताए ।
कंडेलका भाई लक्ष्मी प्रसाद कंडेल, छोरीहरु मैया, शोभा, मिना, बुहारीहरु गंगा, भावना नाति सयल, अभिशेक लगाएत परिवारका सदस्यहरु इस्टमित्र गुरुजन तथा निम्तालुहरुको उपस्थितिमा सहयोग लेखनाथ पत्रकार मञ्चका उपाध्यक्ष सुमन जिसीलाई हस्तान्तरण गरिएको थियो ।
सहयोग ग्रहण गर्दै मञ्चका उपाध्यक्ष जिसीले सहयोगको सहि सदुपयोग गरिने बताउँदै शित उभाएर घैला भर्ने लक्ष्यका साथ अगाडि बढाईएको मञ्चको अक्षयकोषमा उक्त सहयोग रकम रहने जानकारी दिए ।
दाताहरुलाई मञ्चका सचिव विष्णुहरि पौडेलले धन्यवाद ज्ञापन गरेका थिए । भने सदस्य कृष्ण प्रसाद लामिछानेले दाताहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दै स्वस्ति वाचन गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस