शेयरबजार : चलखेल गर्नेले सस्ताेमा किने, बजार बढाए, बेचेर निस्के
- गाउँ सहर संवाददाता
- २० असार सोमबार, २०७९ | १५:२५:०० मा प्रकाशित

काठमाडाैं । केही दिनदेखि शेयरबजारमा उतार चढाव देखिएकाे छ । अघिल्लाे हप्ता न्यून विन्दुमा आएकाे शेयरबजार गत हप्ता उच्च अंकले बढेकाे थियाे । सस्ताे भएका बेलामा उठाएकाहरूले बिहीबार देखि आजसम्म बेचेर निस्केका छन् ।
शेयर बजारमा मूल्य घटबढ हुनु सामान्य विषय हो । आज बढेको बजार भोलि घट्यो भने यसलाई सामान्य नै मान्नुपर्छ । भोलि घटेर पर्सि बढ्यो भने पनि यो शेयर बजारको सामान्य प्रक्रिया नै हो । शेयर बजारबाट पैसा कमाउनका लागि घटेको बेला शेयर किन्ने र बढेको बेला बिक्री गर्ने हो । शेयर बजार भनेकै जोखिमको बजार हो । यहाँ जोखिम हेरेर नै लगानी गर्ने हो । जोखिम हेरेर बुझेर लगानी गर्न सक्नेले कमाउने र केही नुबझी लहलहैमा लगानी गर्नेहरूले गुमाउने सम्भावना समेत रहेकाले सोच विचार गरी लगानी गर्नुपर्ने हुन्छ ।
तर कतिपय लगानीर्ताहरू भने बजार घट्ने र बढ्ने ठाउँ ढुकेर बसिरहेका हुन्छन् । प्रतिकित्ता १०/१५ रूपैयाँ बढ्याे बेचिहाल्न तम्सिन्छन् र नाटकीय रूपमा बजारमा विभिन्न हल्ला चलाएर आफूले किनेकाे शेयर बेचेर नाफा सुरक्षित गरेर बस्नेहरूकाे पनि ठूलै जमात छ ।
लगानीकर्ताको अस्थिर मनोविज्ञानका कारण पनि शेयर बजारमा तिव्र उचारचढाव देखिदै आएको छ । एकै दिनमा उच्च अंकले तलमाथी हुनुले पनि लगानीकर्ताहरुमा अस्थिरता बढेको देखिन्छ । अहिले बजारका कोही पनि दीर्घकालिन लगानीकर्ता छैनन् । दीर्घकालिन लगानीकर्ता विना ट्रेडर मात्रै हाबी हुँदा बजार सबैभन्दा धेरै जोखिममा हुने गरेको छ । जाेखिम माेल्नै काेही चाहेकाे देखिन्न । नाफा सुरक्षित गरेर बाहिरिने प्रवृत्तिले बजार अस्थिर देखिएकाे छ ।
सोमबार दिनभर बढेको सेयर बजार अन्तिम आधा घण्टामा भने ओरालो लागेको छ । दिउँसो १ बजेर ४६ मिनेटमा २१४६ बिन्दुमा कारोबार भएको सेयर बजार साढे २ बजेपछि ओरालो लाग्न थालेको थियो । अन्तिममा बजार २०७६.६७ बिन्दुमा आएर रोकिएको छ । यो आइतबारको तुलनामा ९.७५ अंक कम हो ।
तर, कारोबार रकममा भने सोमबार उछाल आएको छ । सोमबार ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँको कारोबार भएको छ ।
कुल २३४ वटा कम्पनीको ७५ हजार ७९० वटा कारोबारबाट १ करोड ९ लाख ८१ हजार ५ सय ९१ कित्ता सेयर किनबेच भएको छ । घट्दो बजारमा पनि सीवाईसी नेपाल लघुवित्तको मूल्यमा पोजेटिभ सर्किट लाग्यो । ङ्याग्दी ग्रुप पावर, सामलिङ पावर, साल्ट ट्रेडिङ, विशाल बजार कम्पनीसहितका कम्पनीको मूल्य बढ्यो ।
ग्लोबल आईएमई डिभेन्चर, युनियन हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोसहितका कम्पनीको सेयर मूल्य धेरै घटेको छ । सोमबार शिवम सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस