‘खहरेघाट’ नाटकलाई निर्देशक किशोर अनुरागले टेलिसियिलमा उतारे
- गाउँ सहर संवाददाता
- २० असार सोमबार, २०७९ | ०६:३५:०० मा प्रकाशित
काठमाडाैं । नाटक महोत्सव–२०६३ मा पुरस्कृत ‘खहरेघाट’लाई निर्देशक किशोर अनुरागले टेलिसियिलमा उतारेका छन् ।
सुकुम्बासी बस्तीको कथा समेटिएको सिरियल नेपालको पूर्वी भेगमा छायांकन गरिएको कथाकार तथा निर्देशक अनुरागले जानकारी दिएका छन् । उनका अनुसार १८ असार बेलुका ७ः३० बाट नेपाल टेलिभिजनबाट प्रसारण सुरु ‘खहरेघाट’ हरेक साता शनिबार यही समय प्रसारण हुनेछ ।
पटकथा तथा मुख्य सहायक निर्देशक इच्छा सिंह रहेको ‘खहरेघाट’का निर्मातामा आनन्दप्रभाकर घिमिरे र हरि भण्डारी तथा कार्यकारी निर्माता निदेश अधिकारी छन् ।
आनन्द प्रभाकर घिमिरेद्वारा छायांकृत सिरियलमा समिर मियाको सम्पादन र शशीविक्रम थापाको शीर्षगीत छ ।
टेलिशृंखलामा देशभक्त खनाल, विद्या कार्की, किशोर अनुराग, लव शर्मा, इच्छा सिंह, सुविना श्रेष्ठ, सन्तोष थापा, साक्षी सिंह भण्डारी, सुमन विष्ट, रीता थापा, शशी थापा, दिनेश खड्कालगायतले अभिनय गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
प्रतिकृया दिनुहोस