‘खहरेघाट’ नाटकलाई निर्देशक किशोर अनुरागले टेलिसियिलमा उतारे
- गाउँ सहर संवाददाता
- २० असार सोमबार, २०७९ | ०६:३५:०० मा प्रकाशित
काठमाडाैं । नाटक महोत्सव–२०६३ मा पुरस्कृत ‘खहरेघाट’लाई निर्देशक किशोर अनुरागले टेलिसियिलमा उतारेका छन् ।
सुकुम्बासी बस्तीको कथा समेटिएको सिरियल नेपालको पूर्वी भेगमा छायांकन गरिएको कथाकार तथा निर्देशक अनुरागले जानकारी दिएका छन् । उनका अनुसार १८ असार बेलुका ७ः३० बाट नेपाल टेलिभिजनबाट प्रसारण सुरु ‘खहरेघाट’ हरेक साता शनिबार यही समय प्रसारण हुनेछ ।
पटकथा तथा मुख्य सहायक निर्देशक इच्छा सिंह रहेको ‘खहरेघाट’का निर्मातामा आनन्दप्रभाकर घिमिरे र हरि भण्डारी तथा कार्यकारी निर्माता निदेश अधिकारी छन् ।
आनन्द प्रभाकर घिमिरेद्वारा छायांकृत सिरियलमा समिर मियाको सम्पादन र शशीविक्रम थापाको शीर्षगीत छ ।
टेलिशृंखलामा देशभक्त खनाल, विद्या कार्की, किशोर अनुराग, लव शर्मा, इच्छा सिंह, सुविना श्रेष्ठ, सन्तोष थापा, साक्षी सिंह भण्डारी, सुमन विष्ट, रीता थापा, शशी थापा, दिनेश खड्कालगायतले अभिनय गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस