धादिङ–पोखरा सम्पर्क समाजको रक्तदानमा १३३ युनिट रगत संकलन
- गाउँ सहर संवाददाता
- १८ असार शनिबार, २०७९ | २०:३५:०० मा प्रकाशित

पोखरा । धादिङ–पोखरा सम्पर्क समाजद्वारा पोखरामा आयोजित १९ औं रक्तदानमा १३३ युनिट रगत संकलन भएको छ ।
समाजको स्थापना दिवसका अवसरमा आयोजित रक्तदान यस अघि ४३ औं पटकसम्म रक्तदान गर्नुभएका कृष्ण धरेललाई विशिष्ट अतिथि जिल्ला ट्राफिक कार्यलय कास्कीका प्रमुख प्रकाश शाहले ब्लडब्याग हस्तान्तरण गरी शुभारम्भ गरेका थिए । रक्तदान समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरू गर्दै आएको बताउँदै समाजका अध्यक्ष गोकर्ण लम्सालले २०५५ सालमा दर्ता भई कृयाशिल संस्थाले त्यसयता विभिन्न समाजिक गतिविधिलाई निरन्तरता दिँदै आइरहेको जानकारी गराए ।
समाजका महासचिव सरस्वती श्रेष्ठ (सरु) ले सञ्चालन गरेको कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष कृष्णबहादुर लम्साल, पूर्व अध्यक्षहरू नवराज दुवाडी, कृष्णकुमार श्रेष्ठ, युवराज खतिवडा लगायतले रक्तदानको महत्वका साथै समाजका गतिविधिबारे प्रकाश पारेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
प्रतिकृया दिनुहोस