धादिङ–पोखरा सम्पर्क समाजको रक्तदानमा १३३ युनिट रगत संकलन
- गाउँ सहर संवाददाता
- १८ असार शनिबार, २०७९ | २०:३५:०० मा प्रकाशित
पोखरा । धादिङ–पोखरा सम्पर्क समाजद्वारा पोखरामा आयोजित १९ औं रक्तदानमा १३३ युनिट रगत संकलन भएको छ ।
समाजको स्थापना दिवसका अवसरमा आयोजित रक्तदान यस अघि ४३ औं पटकसम्म रक्तदान गर्नुभएका कृष्ण धरेललाई विशिष्ट अतिथि जिल्ला ट्राफिक कार्यलय कास्कीका प्रमुख प्रकाश शाहले ब्लडब्याग हस्तान्तरण गरी शुभारम्भ गरेका थिए । रक्तदान समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरू गर्दै आएको बताउँदै समाजका अध्यक्ष गोकर्ण लम्सालले २०५५ सालमा दर्ता भई कृयाशिल संस्थाले त्यसयता विभिन्न समाजिक गतिविधिलाई निरन्तरता दिँदै आइरहेको जानकारी गराए ।
समाजका महासचिव सरस्वती श्रेष्ठ (सरु) ले सञ्चालन गरेको कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष कृष्णबहादुर लम्साल, पूर्व अध्यक्षहरू नवराज दुवाडी, कृष्णकुमार श्रेष्ठ, युवराज खतिवडा लगायतले रक्तदानको महत्वका साथै समाजका गतिविधिबारे प्रकाश पारेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस