विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने सरकारकाे निर्णय
- गाउँ सहर संवाददाता
- १५ असार बुधबार, २०७९ | १७:१९:०० मा प्रकाशित

काठमाडौं । सरकारले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाएर बनोटमा हेरफेर गर्न स्वीकृत दिने निर्णय गरेको छ । मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रेणीबिहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको जानकारी दिए ।
यसैगरी, बैठकले वीरगञ्ज–सिमरा–पोखरिया प्रसारण लाइनको टावर तथा सबस्टेसनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने र कार्यसम्पादन करार निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।
सञ्चारमन्त्री कार्कीले उपत्यका भित्र प्रसारण लाइन तथा सबस्टेशनमा संरचनागत सुधार, स्तरोन्नती तथा विस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय भएको बताए ।
त्यस्तै, सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली, २०७९ को मस्यौदा उपर लोक सेवा आयोगकोे परामर्श लिने, मध्य भोटेकोशी जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने र कार्वन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने निर्णय बैठकले गरेको छ ।
यसैगरी, भेटेटार स्काई वाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, महाकाली पुल आयोजना क्षेत्रमा रहेका रुख हटाउने सम्बन्धमा, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको अध्ययनमा शीतल साहू पूर्वे (धनुषा) लाई नियुक्त गर्ने र निजामती सेवा पुरस्कार सिफारिस समितिको सदस्य तोक्ने निर्णय पनि बैठकले गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस