हिमालयन हाइड्रोपावरको आईपीओ निष्कासन, आजदेखि भर्न सकिने
- गाउँ सहर संवाददाता
- १५ असार बुधबार, २०७९ | ०७:५१:०० मा प्रकाशित
काठमाडाैं । हिमालयन हाइड्रोपावर लिमिटेडले आज असार १५ गतेदेखि १९ करोड ६८ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेको छ ।
कम्पनीले कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा ९ लाख कित्तामध्ये अवितरित २ लाख ८१ हजार ७५० कित्ता मात्र बिक्री भएकाले ६ लाख १८ हजार २५० कित्ता सहित कुल १९ लाख ६८ हजार २५० कित्ता बिक्रीमा ल्याउएको हो ।
कुल सेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । बाँकी १८ लाख ३० हजार ४७२ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा निष्काशन बन्द छिटोमा असार १९ गते हुनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा भने ढिलोमा असार २९ गतसम्म आईपीओ खुला रहनेछ ।
आईपीओमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयर मोबाइल एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आईपीओमा आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
प्रतिकृया दिनुहोस