कला

छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जित्याे डान्सिङ स्टार्सको उपाधि

काठमाडौं । टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति सम्पन्न फाइनलमा उपाधि जितेसँगै जोडीले १५ लाख रुपैयाँ पुरस्कार  प्राप्त गरेको छ ।

प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदै दुई लाख रुपैयाँ जितेको छ भने परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप भए । 

गत जेठदेखि सुरु भएको प्रतिस्पर्धामा १२ जना सेलिब्रिटी र कोरियोग्राफर जोडीले भाग लिएका थिए । गौरी मल्ल, दिलीप रायमाझी र रेनशा बान्तवा राई निर्णायक रहेका थिए ।

गाउँ सहर संवाददाता