काेराेनाकालकाे ह्याङ्ले डुबेका लगानीकर्ता, आइपिओ कुर्नेदिन गए... हाराहारीमै दोस्रो बजार
- गाउँ सहर संवाददाता
- १० असार शुक्रबार, २०७९ | १३:२०:०० मा प्रकाशित
काठमाडौँ । पछिल्लो समय सेयर बजारमा अत्यासलाग्दो गिरावट आउनाले अहिले आइपिओकै दाममा सेयर किनबेच भइरहेको छ । अर्थात त्यहि मूल्यको छेउमा कारोबार भइरहेका छन् ।
मौद्रिक नीतिको सीमाका कारण निरन्तर घटेको बजार अहिले १८ सयको अंकमा आइपुगेको छ । लगानीकर्ता निराशमात्रै होइन, असन्तुलित पनि बनेका छन् भने आन्दोलनका विभिन्न चरणमा छन् ।
आज बजार सुध्रिएला भन्दै कुर्ने धेरै भएपनि सो अवस्था आउन सकेको छैन । ग्राहक संख्या भएर पनि १ अर्बको कारोबार हुन अहिले हम्मे हम्मे परेको अवस्था छ । पुराना लगानीकर्ता अर्को व्यवसायको खोजीमा भौँतारिन थालेका छन् भने नयाँ धेरै अत्तालिएर निरन्तर घाटामै कारोबार गरिरहेका छन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ल्याएको सेयर कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीले दिने लाभांशमा लगाइएको ‘क्याप’ हटाउनुपर्ने, प्रोभिजनिङको व्यवस्था परिमार्जन गर्नुपर्ने माग उठेको छ । साथै राष्ट्र बैंकले मौद्रिक नीति मार्फत धितोमा मात्रै कडाइ गरेन, आफू मातहतका बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबार गर्न पनि कडाइ गर्यो । बैंकहरूलाई लघुवित्तको शेयर खरीदमा घुमाउरो भाषामा ‘प्रतिबन्ध’ नै लगायो ।
वित्तीय प्रणालीमा आएको लगानी योग्य रकम (तरलता) को अभावका कारण पनि बजारमा गिरावट आएका कारण पनि बजारमा गिरावट आएको बताइन्छ । पछिल्लो समय बजारमा आउनुको गिरावटलाई लगानीकर्ताले विभिन्न रुपमा नेपाल राष्ट्र बैंकलाई पनि देखाउने गरेका छन् ।
कसरी बढेकाे थियाे बीचमा बजार ?
राष्ट्र बैंकको नीति मात्रै होइन, काेभिडपश्चातकाे निषेधाज्ञा हटेसँगै अन्य लगानीका क्षेत्र खुला हुँदा सेयर बजार घटेको बुझ्न सकिन्छ । हिजो बजार बढ्नुमा कोरोना महामारी र निषेधाज्ञा प्रमुख कारण थियो । निषेधाज्ञाको समयमा लगानीका हरेक क्षेत्र ठप्प रहे पनि सेयर बजार चालूू रह्यो । अनलाइन कारोबार प्रणालीका कारण लगानीकर्ताले घरबाटै कारोबार गरे । लगानी गर्ने ठाउँ नहुँदा अधिकांशले शेयर बजारमा हात हाले । यही बीचमा नयाँ लगानीकर्ता ह्वात्तै भित्रिए ।
निषेधाज्ञासँगै लगानीका क्षेत्र खुम्चिँदा ब्यांकको ब्याजदर घट्यो । अन्य क्षेत्रमा कर्जाको माग घट्न थालेपछि ब्यांकहरूले पनि शेयर धितोमा लगानी बढाए । यसको परिणाम निषेधाज्ञाकै समयमा सेयर बजारको कारोबारमा ऐतिहासिक रेकर्ड देखियो ।
कोभिडको समयमा लगानीकर्ताहरूसँग पुँजी समस्या थिएन र धेरै बजारमा प्रवेश गरे । पुँजीको उपलब्धताले बजार बढ्छ । बजार बढ्दै गर्दा थप कमाइ हुन्छ भन्ने सोचमा लगानीकर्ताहरूले लगानी बढाउँदै लगे । तर अवस्था सामान्य भएसँगै धेरैजसो लगानीकर्ताहरू आफ्नै व्यवसायमा फर्कन थाले । यसले गर्दा बजारमा प्रवाह भइरहेको पुँजी पनि घट्दै गयो ।
कोभिड समय बजारमा अस्थायी र छोटो समयका अवधिका लागि लगानीकर्ताहरू भित्रिए । अहिले अवस्था सामान्य भएसँगै उनीहरू प्रायः आफ्नै फर्किए । त्यसैले पनि बजारमा स्थिरता कायम हुन नसकेको जानकारहरू बताउँछन् । बजार अहिले न्यूनतम विन्दुमा आउनुमा राज्य, ठूला लगानीकर्ताहरू पनि जिम्मेवार छन् । बजारलाई आफ्नै लयमा छोड्नुपर्नेमा यी पक्षहरूले सधैं आफूअनुकूल डोर्याउने प्रयत्न गरिरहे जसका कारण याे अवस्था आएकाे उनीहरूकाे जिकीर छ ।
कहिले सुघ्रिएला ?
अहिले बजारमा तरलता अभावका कारण जन मनोविज्ञान कमजोर भएको छ । त्यसैले सेयर बजार घटेको हो । तरलता अभाव समस्या कम भएसँगै बजार बढ्छ भन्नेमै लगानीकर्ता रहेपनि याे अवस्था कहिलेबाट आउँछ भन्नेमै उनीहरू निश्चित देखिँदैनन् । यहि कारणले गर्दा लगानीकर्ता अत्तलिएका छन् र बजार निरन्तर घटेकाे छ भने पहिलेकै मूल्यमा किन्न पाइरहेकाे अवस्था छ । काेराेनाकालकाे ह्याङ्गबाट बाहिर निस्कन अब ढिलाइ नगर्ने कि ! अझै माैद्रिक नीति कुरेर बस्ने ?
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
प्रतिकृया दिनुहोस