आइएमई पे को ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक
- गाउँ सहर संवाददाता
- ९ असार बिहीबार, २०७९ | १८:४२:०० मा प्रकाशित

काठमाडौं । “आईएमई पे” ले प्रयोगकर्ता माझ ‘क्युआर डे विथ आईएमई पे’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत सबै प्रयोगकर्ताहरूले कुनै पनि क्युआर पेमेन्ट आईएमई पे एप मार्फत भुक्तानी गर्दा दिनभिरमा १० प्रतिशत छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
आईएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्ना नियमित र सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन गर्ने रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साे अफर यही असार १० गते दिन १ दिनका लागि मात्र मान्य हुने जनाइएको छ ।
अफरअन्तर्गत पहिलो २५ सय सेवाग्राहीहरुले मात्र क्यासव्याक पाउनेछन् भने पियर्स‐टु‐पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यासव्याक प्राप्त नहुने विज्ञप्तिमा उल्लेख छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस