वायुसेवा सञ्चालकको आन्दोलन फिर्तापछि आजदेखि उडान नियमित
- गाउँ सहर संवाददाता
- ८ असार बुधबार, २०७९ | ०७:५१:०० मा प्रकाशित

काठमाडौं । वायुसेवा सञ्चालकहरुले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । आज बुधबारदेखि उडान बन्द गर्ने चेतावनीसहित आन्दोलन घोषणा गरेका उनीहरूले आफ्नो कार्यक्रम फिर्ता लिएका हुन् । यससँगै उडान नियमित हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले एकतर्फी निर्णय गरेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरेका वायु सेवा सञ्चालकहरूले उडान नभर्ने घोषणा गरेका थिए ।
तर, दुवै पक्षबीच मंगलबार राति भएको वार्तामा उडान नियमित गर्ने सहमति भएको हो । गृह मन्त्रालयको समन्वयमा भएको वार्तामा प्राधिकरण र वायुसेवा सञ्चालकहरु उडान नरोक्न सहमत भएका हुन् ।
त्यसलगत्तै राति नै बुद्ध एअरले आफ्नो उडान बुधबार बिहान ११ बजेदेखि नियमित हुने सामाजिक सञ्जालमार्फत् जानकारी दिएको थियो । अन्य एअरलाइन्सले पनि बुधबार ११ बजेदेखि उडान हुने जनाएका छन् ।
प्राधिकरणले मागको सम्बोधन गर्दै जाने बताएपछि एअरलाइन्स कम्पनीहरु उडान गर्न तयार भएका बताइएको छ ।
प्राधिकरणले वायुसेवा कम्पनीलाई आफ्नो बेस स्टेसनबाट उडान गर्न हवाइ कम्पनीलाई निर्देशन जारी गरेपछि तत्काल नसक्ने भन्दै उडान स्थगन गर्ने बताएका थिए ।
संघले पाँच बुँदे माग अघि सार्दै सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको थियो । यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायत सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिन संघले आग्रह गरेको थियो । संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङरलगायत भौतिक पूर्वाधारका लागि स्थान उपलब्ध गराउनुपर्ने माग गरेको थियो ।
नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षाको सूचीबाट हटाउन सरकारले तत्काल पहल गर्नुपर्नेलगायत संघले माग गर्दै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
प्रतिकृया दिनुहोस