स्वास्थ्य

मंगलबार ७३ हजार बढीले काेराेना विरूद्धकाे खाेप लगाए

काठमाडाैँ । नेपालमा पछिल्लाे २४ घण्टामा ७३ हजार ३०१ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । साे अवधिमा २८१४ जनाकाे परीक्षण गर्दा थप १९ जना संक्रमित पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा १० जना डिस्चार्ज भएका छन् । साे अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन ।

अब देशमा काेराेनाका १२४ सक्रिय संक्रमित रहेकाे मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता