काठमाडौं महानगरपालिकाका मेयर शाहले सार्वजनिक गरे निर्वाचनकाे खर्च, केमा कति ?
- गाउँ सहर संवाददाता
- ७ असार मंगलबार, २०७९ | ०८:११:०० मा प्रकाशित
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । सोमबार सार्वजनिक विवरणअनुसार शाहको चुनावी अभियानमा कूल खर्च तीन लाख ९४ हजार ४८९ उल्लेख छ ।
उनले आज सामाजिक सञ्जालमा सार्वजनिक गरेको विवरण अनुसार उनले काठमाडौंको मेयरमा निर्वाचित हुन करिब ४ लाख मात्रै खर्च गरे ।
आफ्नो चुनावी अभियानमा ३ लाख ९४ हजार चार सय ८९ रुपैयाँ खर्च भएको बालेनले जानकारी दिएका छन् ।
यसमध्ये मतगणनाका क्रममा मात्रै एक लाख रुपैयाँभन्दा बढी खर्च भएको हा । मतगणनामा ढिलाइ हुँदा निर्वाचन प्रक्रिया लामो र बोझिलो बनेको मात्र नभई उम्मेदवारका लागि पनि महँगो भएको बालेनले गुनासो गरेका छन् ।
खर्च विवरण सार्वजनिक गर्न ढिलाइ भएकोमा समेत उनले माफी मागेका छन् ।
बालेनका अनुसार सबैभन्दा बढी खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा भएको छ । १५ दिन १८५ र २४५ जनालाई खाजा र खानामा १ लाख १३ हजार ५०० रुपैयाँ खर्च भएको उनले बताएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस