राजनीति

आईटी विज्ञ अधिकारी प्रदेश समितिको सदस्यमा चयन

काठमाडाैँ । नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितिको सदस्यमा चिरन्जिबी अधिकारी चयन भएका छन् । उनी नेकपा माओवादी केन्द्रको विज्ञान र प्रविधि विभागमा केन्द्रीय सदस्यमा पनि कार्यरत छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निर्वाचन आयोगले चिरन्जिबी अधिकारीलाई मनोनीत गरेको प्रमाणपत्र हस्तान्तरण गर्दै पार्टी र देशको लागि सुचना र प्रविधीको क्षेत्रमा अझ बढी योगदान पु-याउन अनुरोध गरे ।

सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रथम सम्मेलनबाट सदस्यमा निर्वाचित भएकोमा सो समितीका ईञ्चार्ज डिलाराम आचार्यले माओवादी आन्दोलनलाई सूचना र प्रविधि मार्फत सफलपार्न भूमिका अनुरोध गरे ।

गाउँ सहर संवाददाता