कुवेतलाई नेपालले दियाे १०८ रनको लक्ष्य
- गाउँ सहर संवाददाता
- ४ असार शनिबार, २०७९ | १४:५२:०० मा प्रकाशित
काठमाडाैं । मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपालले कुवेतलाई १०८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कुवेतमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रन बनायो ।
नेपालका लागि कप्तान रुविनाले सर्वाधिक ३४ रन जोड्दै अविजित रहिन् । उनले २७ बलमा ४ चौका प्रहार गरिन् । यस्तै, इन्दु ३३ बलमा २ चौकासहित २८ रनमा अविजित रहिन् ।
उनीहरुले पाँचौं विकेटका लागि ६० रनको साझेदारी गरेका थिए । नेपालकी ओपनर ज्योति पाण्डेले २१ बलमा १ चौकासहित १५ रन बनाइन् । यता, बिन्दु रावलले ११, सीता रानामगरले ५ र काजल श्रेष्ठले ५ रन बनाइन् ।
बलिङतर्फ कुवेतका लागि मारिमा हेदरले दुई विकेट लिइन् । मारियम ओमार र खादिला खाजिलले एक एक विकेट लिइन् ।
आजको खेलमा नेपाल सहज जित निकाल्ने योजनामा छ ।
नेपाल लगातार दोस्रो जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस