‘गेटामा स्वास्थ्य प्रतिष्ठान बनाउँछौँ’ : देउवा
- गाउँ सहर संवाददाता
- ४ असार शनिबार, २०७९ | १२:५३:०० मा प्रकाशित
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने बताएका छन् ।
शनिबार धनगढी उप–महानगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मेडिकल प्रतिष्ठानका लागि तत्कालै मन्त्रीपरिषद्बाट निर्णय गरेर निर्माण कार्य अघि बढाइने बताए । ‘यसअघि त्यस विषयमा यहाँबाट आवाज उठेको थिएन,’ प्रधानमन्त्री देउवाले भने, ‘अहिले सबैको एउटै माग रहेको पाएँ, अब चाँडै सुदूरपश्चिमवासीको माग सम्बोधन हुने गरी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्छु।’
उनले कैलालीसँग जोडिएको गौरिफण्टा नाकाको अधिकार कैलाली प्रशासनले पाउने गरी निर्णय गरिनेसमेत सुनाए । गौरिफण्टा नाका व्यवस्थापनको अधिकार कञ्चनपुरलाई हुँदा यहाँका नागरिकलाई समस्या भएको गुनासो आएपछि प्रधानमन्त्री देउवाले नागरिकलाई सहज हुने गरी गौरिफण्टाको अधिकार कैलालीलाई दिन गृह मन्त्रालयलाई निर्देशन दिने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा विकासले गति लिएको पनि दोहोर्याए। ‘म एसएलसी दिएर काठमाडौँ पढ्न जाँदा भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो,’ देउवाले भने, ‘अहिले कर्णालीमा पुल बनेको छ, राष्ट्रिय निकुञ्जमा २४ घण्टा ओहोर दोहोर गर्ने वातावरण बनेको छ, जतिबेला पनि प्लेन उडेको छ, यो यहाँका लागि ठुलो विकास हो, तर नागरिकका चाहना बढ्दै जानु पनि स्वाभाविक हो ।’
धनगढी उप महानगरपालिकालाई सुन्दर बनाउन खोलानालाको अतिक्रमण हटाइनु पर्नेमा जोड दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस