शेयरबजार ओरालोको ओरालै
- गाउँ सहर संवाददाता
- १ असार बुधबार, २०७९ | १५:४६:०० मा प्रकाशित
काठमाडाैं । दुई सातादेखि ओरालो लागेकाे नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार पनि गिरावट भयाे ।
यसदिन नेप्से परिसूचक २९.८९ अंक घटेर १९६६.३७ विन्दुमा झरेको छ ।
कारोबार समयदेखि घट्न थालेको नेप्से परिसूचक डेढ घण्टाको समयमै ५० अंकले ओरालो लागेको थियो । तर, पछि केही सुधारिँदै अन्तिम समयसम्ममा २९ अंक घटेर बन्द भएको हो ।
आज १ अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको ४१ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ ।
यस दिन आँधीखोला लघुवित्त र सीवाईसी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । बलेफी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, माउन्टेन हाइड्रो, शिखर इन्स्योरेन्स र सिंगटी हाइड्रोको शेयरमूल्य घटेकाे छ ।
आज नेपाल टेलिकमको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज कम्पनीको १२ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस