स्वास्थ्य

थप १२ काेराेना संक्रमित थपिए

काठमाडाैँ । पछिल्लाे २४ घण्टामा थप १२ जना काेराेना संक्रमित थपिएका छन् भने १६ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार साे अवधिमा २ हजार ३४१ जनाकाे परीक्षण गरिएकाे थियाे ।

पछिल्लाे ३ दिनमा ३ लाख ८५ हजार ९०६ जनाले खाेप प्राप्त गरेका छन् ।

अब देशमा ९३ जना सक्रिय संक्रमित छन् ।

गाउँ सहर संवाददाता