गाउँ सहर

सानाे काेठा-कंगाल अवस्थाजस्ता थुप्रै चुनौती पार गर्दै ४५ हजारलाई राेजगारी दिने आइएमईले २२औँ वार्षिकोत्सव मनायाे

काठमाडौँ । नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले आफ्नो स्थापनाको २२औँ वर्ष प्रवेशको अवसरमा आइतबार राजधानी काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरी मनायो । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले उद्घाटन गरेकाे उक्त कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, अर्थ सचिव मधुकुमार मरासिनी, श्रम सचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललगायका व्यक्तित्वहरूले विशिष्ट अतिथि वक्ताको रूपमा शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

आइएमई ग्रुपमा अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शमा पूर्व अध्यक्ष डा. राजेश काजी श्रेष्ठ , माइग्रेन्ट विज्ञ एवम् राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुङ्, आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल र आइएमईका संचालक एवम् आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले पनि सम्बोधन गरेका थिए ।

अर्थ मन्त्री शर्माले उद्घाटन गरेकाे उक्त औपचारिक कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले स्वागत मन्तब्य व्यक्त गरेका थिए । उनले रेमिटेन्सलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याउन खोज्दा हुण्डी कारोबार चलिरहेको थियो भन्दै, थुप्रै चुनौती पार गरेर रेमिटेन्स क्षेत्रलाई यहाँसम्म ल्याइपु-याउन आइएमईले गरेको योगदानको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरे ।

सम्बोधनका क्रममा मन्त्री शर्माले रेमिटेन्सले ग्रामीण क्षेत्रको दुखी जीवनलाई सुखी तुल्याएको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै ग्रुपमा अध्यक्ष चन्द्रप्रसाद ढकालले आफैं वैदेशिक रोजगारीमा गएका व्यक्तिले वैदेशिक रोजगारीमै गएका व्यक्तिहरूको सेवाका लागि कम्पनी स्थापना गरी आज ४०/४५ हजारको संख्यामा रोजगारी सिर्जना गरेको जानकारी दिए । एउटा सानो कोठाबाट शुरूवात भएको आइएमईले बिगतमा भोगेका कैयन जोखिम एवम् चुनौतीहरूको स्मरण गर्दै अहिले आइएमई रेमिटेन्सको पर्यावाची बनेको देख्दा आफू र आफ्नो टीम प्रशन्न रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य सचिव शंकरदास बैरागीले ज्ञान, सीप र अनुभवले विशेष अर्थ राख्दछ भन्ने कुराको नमूना आइएमई रहेको बताउँदै रेमिटेन्सलाई औपचारिक प्रणालीमार्फत नेपाल भित्र्याउन थप सहकार्य गर्न सकिने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ सचिव मधुकुमार मरासिनीले आइएमईले रेमिटेन्स संस्कृतिमा सुधार ल्याएको बताउँदै एउटा आइडियाले संसार बदल्ने सक्ने बताए । सम्बोधनका क्रममा उनले भने, गाउँगाउँमा आइएमई संस्कृति विकास भएको छ अब यसरी आएको पैसालाई उत्पादनशील क्षेत्रमा रुपान्तरण गर्नु महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रम सचिव एकनारायण अर्यालले पाँच हजार श्रमिक रहेका ठाउँमा आफ्ना सेवाकेन्द्र स्थापना गर्न आइएमई व्यवस्थापनलाई सुझाव दिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले रेमिटेन्ससँग सम्बन्धित विभिन्न डाटा प्रस्तुत गर्दै आइएमई परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै माइग्रेन्ट विज्ञ एवम् राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुङ्ले आफूले आइएमईलाई प्रसव बेदनादेखि  नै चिन्दै आएको बताउँदै आफू नै डुबेर कंगाल हुन सक्ने अवस्थासम्मको जोखिम मोलेर ढकाल दाजुभाइले आजभन्दा २२ वर्ष अघि आइएमई स्थापना गरेको उल्लेख गरे । एक प्रसंगमा डा. गुरुङले अफ्रिकालगायतका देशहरूमा रेमिटेन्स सेवाका लागि आइएमईको जस्तै सेवा कपी गरिएको जानकारी दिँदै ढकाल दाजुभाई र उनीहरुले नेतृत्व गरिरहेको आइएमई ‘फादर अफ रेमिटेन्स’ भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष डा. राजेश काजी श्रेष्ठले आजभन्दा २२ वर्षअघि आइएमईको उद्घाटन कार्यक्रममा आफू जान आनाकानी गरेको स्मरण अहिले आइएमईको यो फैलिँदै यो स्वरूप देखेर आफूलाई खुशी लागेको बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवालले सन् १९९४ मा क्षेत्रपाटीमा एउटा सानो ग्रोसरी संचालन गरेको व्यक्ति तीन दशक नपुग्दै यो अवस्थामा आइपुग्नु उद्यमशीलताको एक विशिष्ट नमूना भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले अवसरको खोजीमा नेपाली यूवा विदेशिन थालेसंगै उनीहरुले रगत पसिना बगाएर आर्जन गरेको रकम सुरक्षित तवरले आफन्तको हातसम्म पु-याउन एउटा माध्यम चाहिएको थियो । आफ्नो दुःखले आर्जित  रकमसंग मान्छेको सपना गाँसिएको हुन्छ, खुसी जोडिएको हुन्छ । त्यही सपनालाई वास्तविकतामा परिणत गर्न, खुसीलाई यथार्थमा बदल्न र विश्वासलाई सार्थक तुल्याउन आजभन्दा २२ वर्ष अघि आजकै दिन आइएमईको जन्म भएको बताए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै आइएमईका संचालक एवम् आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले मुलुकका खास खास अप्ठ्याराहरूमा आइएमईले आफ्नो सेवालाई प्रभावकारी ढंगले संचालन गरेको सम्मान स्वरूप एउटा भरपर्दो ब्राण्डको रूपमा स्थापित भएको बताए । त्यस्तै कार्यक्रमलाई स्वागत मन्तब्य व्यक्त गर्दै आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले २१औं वर्ष पुरा गर्दैगर्दा धेरै क्षेत्रमा सम्बन्ध स्थापित गर्ने अवसर आइएमईले प्राप्त गरेकाले विदेशमा श्रम गरेर नेपालमा रेमिटेन्स पठाउने आमसेवाग्राहीहरू, व्यवसायिक साझेदार , नियामक निकाय नेपाल राष्ट्र बैंक, हाम्रा सेवा तथा उत्पादनलाई सुसूचित गराइदिने मिडिया सबैसँगको सम्बन्धलाई अझ विस्तार गर्दै आगामी दिनमा झनै परिष्कृत, सरल, प्रविधियुक्त, सुरक्षित र भरपर्दो रेमिटेन्स सेवा प्रवाह गर्नका लागि प्रतिवद्ध रहेको बताउँदै २२औं वार्षिकोत्सव सम्बन्धको भन्ने मुख्य थीममा आधारित रहेर यो वर्षभरी हामीले हाम्रा कार्यक्रमहरूलाई अगाडि बढाउने बताएका थिए ।

आइएमईको इतिहासः– 

नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र बैंक नेगारा मलेसियाबाट इजाजत प्राप्त आइएमई सन् २००१ मा आजकै दिन स्थापना भएको हो । सानो स्केलमा फ्याक्स मेसिनको सहायताबाट सेवाको शुुरुवात गरेको आइएमईले वित्तीय पहुँचबाट टाढा रहेका नेपाली नागरिकलाई रेमिटेन्सकोे माध्यमबाट वित्तीय पहुँच स्थापित गराउन सहयोगी भूमिका खेल्दै आएको छ । अन्तर्राष्ट्रिय स्तरको रेमिटेन्स सेवामा नेपाली लगानी र ब्राण्डका लागि आइएमईले आफ्नो एउटा अलग र विशिष्ट पहिचान बनाएको छ ।

तत्कालिन समयमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले दुखले आर्जन गरेको रकम नेपालमा रहेका आफन्तसम्म पु-याउनका लागि औपचारिक माध्यमको ठुलो अभाव थियो । औपचारिक प्रणालीमार्फत स्वदेश रकम भित्र्याउने कार्य निक्कै जोखिमयुक्त र चुनौतीपूर्ण थियो । त्यस्तो चुनौतीलाई चिरेर स्थापना भएको आइएमई आज २२ वर्षमा प्रवेश गरेको छ ।

व्यवसायमा स्थायित्व, कर मार्फत राज्यलाई सहयोग र मुलुकभित्रै रोजगारीका अवसरहरूको सिर्जना लगायतका उद्देश्य लिएर आजभन्दा २२ वर्ष अघि आजकै दिनमा स्थापना भएको आइएमई रेमिटेन्स सेवाको पर्यावाची आइएमई गरौं भन्ने भनाइसहित आम नेपालीको जिब्रोमा झुण्डिएको छ ।  आम नागरिकको जीवनशैलीको अभिन्न अंगको रुपमा आज आइएमई स्थापित भएको छ । नेपालको पहिलो रेमिटेन्स सेवा प्रदायकको रूपमा स्थापित कम्पनी २२ वर्षको अवधिमा बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनका क्षेत्रहरूमा समेत आफ्नो लगानी विस्तार गर्दै स्वउद्यमशीलताको विकासमा अग्रडी भूमिका निर्वाह गर्दै आइरहेको छ । राज्यलाई सबैभन्दा बढी करमा योगदान गरे वापत लगातार तीन पटकसम्म नेपाल सरकारबाट सीआइपी सम्मान प्राप्त यस कम्पनी स्वदेशी एवम् विदेशी गरी दर्जनौं संघ/संस्थाबाट सम्मानित भइसकेको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष गरी हजारौँको संख्यामा रोजगारी सिर्जनामा सफल आइएमईलाई आम नेपालीहरूले एउटा भरपर्दो र विश्वसनीय ब्राण्डको रूपमा हेर्दै आएका छन् ।

आइएमईको स्थापनापछि औपचारिक संजालमार्फत आप्रवाह हुने रेमिटेन्सको मात्रा ह्यवत्तै बढेको देखिन्छ । रेमिटेन्सले देशको खास खास अप्ठ्यारा अवस्था जस्तैः– भूकम्प नाकाबन्दी जस्ता समयमा महत्त्वपुर्ण भूमिका  निर्वाह गर्दै आएको छ । रेमिटेन्स आयातको मुख्य श्रोत हुनुका साथै विदेशी मुद्राको संचितिको मुख्य श्रोत पनि हो । आइएमईले समय सापेक्ष र अत्याधुनिक प्रविधिको माध्यमबाट डिजिटल सेवा प्रदान गर्न आइएमई पे मोवाइल वलेटको संचालन गरिरहेको आइएमई पे वालेटमा हाल ३० लाख भन्दा धेरै प्रयोगकर्ताहरुले रियल टाइम डिजिटल भुत्तानी तथा रेमिटेन्स सेवाको लाभ लिई रहेका छन् । देशको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेल्ने रेमिटेन्स आप्रवाहलाई औपचारिक माध्यममा ल्याउन आजको यस विशेष अवसरमा नेपाल सरकारका हरेक प्रयासहरुमा आइएमई एक अग्रणी रेमिटेन्स सेवा प्रदायक संस्थाको रुपमा सदैव सँगसँगै रहने प्रतिवद्धता व्यक्त गर्दछ ।

आइएमई लिमिटेडका बारेमाः–

आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २२औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय ३० आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव ३५ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःु ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ । 

‘आइएमई पे’ को बारेमाः–

‘आइएमई पे ’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘आईएमई पे’ ब्राण्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्  । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर ९त्तच्० मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।  आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु-याउने लक्ष्य लिएको छ ।

मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो । पन्ध्र लाखभन्दा बढी ग्राहकहरूले सिधैं ‘आइएमई पे’ डाउनलोड गरि आफ्नै मोबाइलबाट र आईएमईका व्यावसायिक साझेदार संजाल मार्फत लाखौँ सेवाग्राहीहरूलाई विद्युतीय भुक्तानी सेवा दिन यो कम्पनी सक्षम रहिआएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत