दि लार्जेस्ट युके एजुकेसन फेयर २०२२ सम्पन्न, १४७१ विद्यार्थीले गरे साक्षात्कार
- गाउँ सहर संवाददाता
- २९ जेठ आइतबार, २०७९ | १७:३१:०० मा प्रकाशित
काठमाडाैँ । एस. आइ. युके. नेपालले "दि लार्जेस्ट युके एजुकेसन फेयर २०२२" सफलतापूर्वक सम्पन्न गरेको छ । यही जेष्ठ २८ गते शनिवार दि एभरेष्ट होटल काठमाडाैँमा उक्त शैक्षिक मेलाको आयोजना गरिएको थियो ।
कार्यक्रममा एन आर एन प्रेसिडेन्ट कुल आचार्य, तृतिय अध्यक्ष डाक्टर बद्री केसी, महासचिव केशव राज पौडेल, एस आई युके इंडियाका ग्लोबल बिजनेस डेभलपमेन्ट म्यानेजर प्रदीप अधिकारी, एस आई युके नेपालका डिरेक्टर बिनय अधिकारीको लगायत अन्य थुप्रै उच्च पदस्त व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
एस. आइ. युके. नेपालले आयोजना गरेको "दि लार्जेस्ट युके एजुकेसन फेयर २०२२" का प्रमुख अतिथि एन आर एन प्रेसिडेन्ट (आई ई एस) कुल आचार्यले पानसमा बत्ति बाली कार्यक्रमको औपचारिक समुद्घाटन गर्दै एस आई युके नेपालका डिरेक्टर बिनय अधिकारीको अथक प्रयास र ब्यावसायीक कौसलता र परोपकारी भावनाको उच्च कदर गर्दै ब्यावसायीक र सामाजिक दुबै काममा सफलता मिलोस् भन्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
एस आई युके इंडियाका ग्लोबल बिजनेस डेभलपमेन्ट म्यानेजर प्रदीप अधिकारीले कार्यक्रममा उपस्थित सम्पूर्ण विश्वविद्यालयका प्रतिनिधिहरूलाई कार्यक्रममा सहभागी भएर फेयरको गरिमा बढाएकोमा धन्यवाद ब्यक्त गरे ।
शैक्षिक मेलामा २४ भन्दा बढी बेलायतका कलेज, पाथ वे प्रोभाईडर, विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाका प्रतिनिधिहरुले १४०० भन्दा बढी विद्यार्थीहरुलाई परामर्श प्रदान गरेका थिए । सायदै धेरै विश्वविद्यालय र विद्यार्थीहरूको जमघट भएको बेलायत मात्र केन्द्रित यो नै नेपालकै पहिलो र ठूलो फेयर हुन सक्छ ।
शैक्षिक मेलामा उपस्थित बेलायत पढ्न जान इच्छुक विद्यार्थीहरूले एकै छाना मुनी बेलायतका प्रत्यक्ष उत्कृष्ट विश्वविद्यालय संग साक्षात्कार गराउन पाउँदा मेला सफल भएको डाइरेक्टर बिनय अधिकारीले मिडिया समक्ष जानकारी गराए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस