गाउँ सहर
प्रतिकात्मक तस्बिर
शौचालयमा लड्दा रामेछाप निवासी खड्काको मृत्यु
- गाउँ सहर संवाददाता
- २९ जेठ आइतबार, २०७९ | १२:०६:०० मा प्रकाशित

काठमाडौं । गोकर्णेश्वर नगरपालिका एक जना महिलाको शौचालयमा लडेर मृत्यु भएको छ ।
नगरपालिकाको वडानम्बर ४ स्थित जग्गा भाडामा लिई टहरा बनाएर बस्दै आएकी रामेछाप उमाकुन्ड गाउँपालिका-५ कि ४९ वर्षीय सुशीला खड्काको मृत्यु भएको हो ।
खड्का शनिबार राति साढे ८ बजे टहरोमै रहेको शौचालयमा लडेर बेहोस भएकी थिइन् । उनलाई बहिनी वर्षा सुनवारले बेहोस भएको देखी नेपाल मेडिकल कलेज अत्तरखेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
घटनाबारे जानकारी पाएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले मुचुल्का तयार गरी अनुसन्धान सुरु गरेको छ । खड्काका आफन्त नआएकोले शव सोही अस्पतालमा राखिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस