अर्थतन्त्र

यस्ताे भन्छ प्रादेशिक आर्थिक गतिविधि अध्ययन (सुदूरपश्चिम प्रदेश) अर्ध–वार्षिक प्रतिवेदन

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले प्रादेशिक आर्थिक गतिविधि अध्ययन (सुदूरपश्चिम प्रदेश) अर्ध–वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) सार्वजनिक गरेकाे छ । सार्वजनिक प्रतिवेदनमा समीक्षा अवधिमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला) ले ढाकेको भू–क्षेत्र ०.५८ प्रतिशतले घटेको छ भने यस्ता बालीको उत्पादन १०.७१ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा यस प्रदेशका अध्ययन नमूनामा समेटिएका उद्योगको औसत क्षमता उपयोग ३४.९९ प्रतिशत रहेको छ । समीक्षा अवधिमा यस प्रदेशमा केही जिल्लामा ठूलो लगानीका नयाँ होटलहरु सञ्चालनमा आएका तर कुनै जिल्लामा केही होटलहरु पूर्ण रुपमा बन्द भएका कारण समग्रमा पर्यटकस्तरीय होटल तथा लज संख्यामा ६.५२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तैशैया संख्या ८.९९ प्रतिशतले बढेको उल्लेख छ ।

अर्ध–वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९)

गाउँ सहर संवाददाता