१८ बुँदे सहमतिपछि काठमाडौंको फोहोर आजबाट उठ्ने
- गाउँ सहर संवाददाता
- २७ जेठ शुक्रबार, २०७९ | ०७:४१:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगर र सिसडोल–बञ्चरे डाँडाबिच काठमाडौंको फोहोर उठाउने सहमति भएको छ ।
यसअघि जेठ २३ गते भएको सहमतिलाई अवज्ञा गर्दै नुवाकोटको सिसडोलका बासिन्दाले फोहोर फाल्न अवरोध गरेपछि काठमाडौँ महानगरपालिका र स्थानीय जनप्रतिनिधिबीच शुक्रबार मध्यराति १८ बुँदे सहमति भएको हो ।
दुई पक्षबिच फोहोर ढुवानी रातिको समयमा गर्ने, रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, सहरी विकास मन्त्रालयमा भएको प्रतिबद्धताको कार्यान्वयन गर्न पहल गर्ने लगायत १८ बुँदे सहमति भएको छ ।
फोहोरमैला व्यवस्थापनको कारण प्रभावित भएका क्षेत्रको विकास निर्माणका लागि काठमाडौ महानगरपालिकाले वार्षिक रुपमा बजेट विनियोजन गर्ने, फोहोरलाई स्रोतमा वर्गीकरण गरी व्यवस्थापन गर्ने कार्यको जिम्मेवारी महानगरपालिकाको हुने, प्रभावित क्षेत्रको शिक्षाको गुणस्तर वृद्धिका लागि महानगरपालिकाले सहयोग गर्नेलगायतका विषय सहमतिपत्रमा उल्लेख गरिएको छ।
सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका - १ का अध्यक्ष पदमबहादुर श्रेष्ठ बलामी, ककनी गाउँपालिका - २ का अध्यक्ष तिलक बहादुर लामा, धुनीबेंसी नगरपालिका - १ अध्यक्ष बहादुर तामाङ र धुनीबेंसी नगरपालिका - ३ का अध्यक्ष प्रकाश हमालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्तो छ स्ववियु निर्वाचनको नतिजा
- शेयर बजार : एक अर्ब बढीको कारोबारमा २२ अंकले बढ्यो नेप्से
- प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने : एमाले उपनेता नेम्वाङ
- संसद प्रत्यक्ष प्रशारण : प्रधानमन्त्रीले विश्वासको मत लिँदै
- विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्न एमाले संसदीय दलको बैठक
- घट्यो सुनको मूल्य, १ लाख ९ हजार ३०० रुपैयाँ कायम
- प्रहरीका ५ जना डीआईजी बढुवा गर्ने सिफारिस, मन्त्रिपरिषद्ले सदर
- नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ र निवर्तमान उपराष्ट्रपति पुनलाई बिदाइ
- प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिंदै
- मुक्तिनाथ बैंकका ग्राहकहरुलाई “वाइट अरर्किड रिर्सोट” र “सुर्यविनायक मेडिकल स्टोर” मा विशेष छुट
प्रतिकृया दिनुहोस