पिइएले मेन्टर्स डिजिटल प्लेटफर्म मार्फत् इन्जिनियरिङ् प्रवेश परीक्षाको पूर्ण तयारी कोर्स उपलब्ध गराउने
- गाउँ सहर संवाददाता
- २४ जेठ मंगलबार, २०७९ | १८:५२:०० मा प्रकाशित
काठमाडाैँ । इन्जिनियरिङ् प्रवेश परीक्षाको गुणस्तरिय तयारी गराउने पिइए एशोसिएसन प्रा. लि. ले विद्यार्थीहरुको सिकाईमा सहजता र प्रभावकारिता ल्याउन यस वर्षदेखि "पिइए मेन्टर्स डिजिटल प्लेटफर्म" मार्फत इन्जिनियरिङ् प्रवेश परीक्षाको पूर्ण तयारी कोर्स उपलब्ध गराउने भएको छ ।
सोही विषयमा जानकारी गराउन पिइए एशोसिएसनले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । सम्मेलनमा पिइएका प्रतिनिधित्व गर्दै संस्थापक एवं सिइओ लक्ष्मण पोखरेल र प्रिन्सिपल कुमार गिरि, त्यसैगरी प्रमुख अतिथिको रूपमा हिसानका अध्यक्ष रमेश कुमार सिलवाल, प्याब्सनका अध्यक्ष डिके ढुंगाना, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर, नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी तथा एन प्याब्सनका सह-अध्यक्ष सुभाष न्यौपानेको उपस्थित रहेको थियो ।
प्रेस विज्ञप्तिमा उल्लेख कुरालाई पत्रकार माझ पढेर सुनाउँदै संस्थापक एवं सिइओ लक्ष्मण पोखरेलले डिजिटल प्लेटर्फम र छात्रवृत्ति योजना बारे जानकरी गराएका थिए भने यस कोर्षले दूर-दराजमा रहने, विविध कारणले राजधानी आउन नसक्ने र काठमाडौँमै रहेर पनि विभिन्न भौतिक तथा अनलाइन कोर्षमा आबद्ध हुने विद्यार्थीहरुलाई समेत अध्ययन तथा परीक्षा तयारीमा सहजता हुनेछ भन्ने आशा व्यक्त गरे ।
कार्यक्रम बोल्दै एन प्याब्सनका सह-अध्यक्ष सुवाश न्यौपानेले विद्यार्थीको हितका लागि प्रदान गरिने यस प्रकारको छात्रवृत्तिको घोषणाले सोही किसिमका अन्य संस्थाहरुलाई पनि छात्रवृत्ति योजनाका लागि प्रोत्साहन गर्नेछ भन्ने आफ्नो आशा रहेको बताए ।
प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले पिइएले प्रधान गर्ने भनेको १००१ छात्रवृत्ति योजना निकैनै सह्रानीय रहेको र यसबाट निम्न आया भएका परिवारमा पनि इन्जिनियरिङ् विषय अध्ययनमा पहुँच पुग्ने भन्दै आफ्नो धारणा व्यक्त गरे ।
नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले वर्षेनी धेरै संघ संस्थाहरुले छात्रवृत्ति योजना घोषणा गर्ने तर कार्यान्वयन पक्षमा पुग्दा नातावाद, कृपावाद हावी हुँदै जाने र राजनीतिकरणको शिकार हुने भएकाले सम्बन्धित सबैलाई निष्पक्ष भएर काम गर्न ध्यान आकर्षण गराए ।
मन्तब्यकै क्रममा शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले पिइएको १००१ छात्रवृत्ति घोषणाका लागि धन्यवाद दिँदै खुसी व्यक्त गरिन् ।
कार्यक्रमको अन्त्यमा बोल्दै हिसानका अध्यक्ष रमेश कुमार सिलवालले पिइएले घोषणा गरेको "पिइए मेन्टर्स डिजिटल प्लेटफर्म" अन्तर्गतको १००१ छात्रवृत्ति योजना आगामी दिनमा यो भन्दा अझै बृहत एवं फराकिलो बन्दै जाने र बढी भन्दा बढी निम्न आय भएका परिवारका सक्षम विद्यार्थीले यसबाट लाभ लिन पाउनेछन् भन्ने आशा व्यक्त गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस