लगातार घट्दो क्रममा रहेकाे शेयर बजारमा लागेन ‘ब्रेक’
- गाउँ सहर संवाददाता
- २३ जेठ सोमबार, २०७९ | १५:४७:०० मा प्रकाशित

काठमाडाैं । पछिल्लो केहि समयदेखि लगातार घट्दो क्रममा रहेकाे शेयर बजारमा साताको पहिलो कारोबार दिन सोमबार पनि सुधार देखिएन ।
सरकारी नीति तथा कार्यक्रम र बजेटबाट सन्तुष्ट हुन नसकेका लगानीकर्ताहरुको आम्दोलन कार्यक्रमले पनि आम लगानीकर्ताको मनोबल भने उकास्न सकेको छैन ।
शेयर बजारमा गिरावट कायमै देखिँदा सोमबार पनि नेप्से सूचक १२.९२ अंकले घटेर २०६५.७८ विन्दुमा झरेको छ ।
सोमबार १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७७ रुपैयाँको कारोबार भएको छ । २२८ कम्पनीका ४४ लाख ९ हजार ६९१ कित्ता सेयर २५ हजार ९०८ संख्यामा खरीद बिक्री भएका हुन् ।
उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको शेयरमूल्य उच्च दरमा बढेको छ भने नारायणी विकास बैंकको पनि ६.४७ प्रतिशतले बढेको छ।
यस दिन हिमालयन बैंकको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ भने महुली लघुवित्तको ७.६६ प्रतिशत, नेपाल लाइफको ३.९२ प्रतिशत र मनकामना लघुवित्तको ३.९२ प्रतिशतले घटेको छ ।
सबैभन्दा धेरै ८ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनआइसी एशिया बैंकको ६ करोड ७९ लाख, नेपाल लाइफको ४ करोड ६१ लाख र अरुण भ्याली हाइड्रोपावरको ३ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस