लगातार घट्दो क्रममा रहेकाे शेयर बजारमा लागेन ‘ब्रेक’
- गाउँ सहर संवाददाता
- २३ जेठ सोमबार, २०७९ | १५:४७:०० मा प्रकाशित
काठमाडाैं । पछिल्लो केहि समयदेखि लगातार घट्दो क्रममा रहेकाे शेयर बजारमा साताको पहिलो कारोबार दिन सोमबार पनि सुधार देखिएन ।
सरकारी नीति तथा कार्यक्रम र बजेटबाट सन्तुष्ट हुन नसकेका लगानीकर्ताहरुको आम्दोलन कार्यक्रमले पनि आम लगानीकर्ताको मनोबल भने उकास्न सकेको छैन ।
शेयर बजारमा गिरावट कायमै देखिँदा सोमबार पनि नेप्से सूचक १२.९२ अंकले घटेर २०६५.७८ विन्दुमा झरेको छ ।
सोमबार १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७७ रुपैयाँको कारोबार भएको छ । २२८ कम्पनीका ४४ लाख ९ हजार ६९१ कित्ता सेयर २५ हजार ९०८ संख्यामा खरीद बिक्री भएका हुन् ।
उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको शेयरमूल्य उच्च दरमा बढेको छ भने नारायणी विकास बैंकको पनि ६.४७ प्रतिशतले बढेको छ।
यस दिन हिमालयन बैंकको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ भने महुली लघुवित्तको ७.६६ प्रतिशत, नेपाल लाइफको ३.९२ प्रतिशत र मनकामना लघुवित्तको ३.९२ प्रतिशतले घटेको छ ।
सबैभन्दा धेरै ८ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनआइसी एशिया बैंकको ६ करोड ७९ लाख, नेपाल लाइफको ४ करोड ६१ लाख र अरुण भ्याली हाइड्रोपावरको ३ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस