झापाका १५ पालिकाका लागि कुल सात अर्ब ३१ करोड ८६ लाख बजेट विनियोजन
- गाउँ सहर संवाददाता
- २३ जेठ सोमबार, २०७९ | १३:५३:०० मा प्रकाशित
झापा । झापाका १५ पालिकाका लागि कुल सात अर्ब ३१ करोड ८६ लाख बजेट विनियोजन भएको छ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमा झापाका लागि सात अर्ब ३१ करोड ८६ लाख रुपैयाँ विनियोजन भएको हो ।
केन्द्र सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा सो बजेट विनियोजन भएको हो । झापाको मेचीनगर नगरपालिकाले सबैभन्दा बढी ८३ करोड ५८ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ भने हल्दिबारी गाउँपालिकाले सबैभन्दा कम ३० करोड ९९ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ ।
अर्जुनधारा नगरपालिकाका लागि ४९ करोड ४२ लाख रुपैयाँ, कन्काई नगरपालिकाका लागि ३५ करोड ७६ लाख रुपैयाँ विनियोजन भएको छ । यसैगरी गौरादह नगरपालिकाका लागि ५० करोड ९७ लाख रुपैयाँ, दमक नगरपालिकाको लागि ७१ करोड ५१ लाख रुपैयाँ, बिर्तामोड नगरपालिकाको लागि ७० करोड ७९ लाख रुपैयाँ छुट्याइएको छ । त्यस्तै भद्रपुर नगरपालिकाका लागि ४९ करोड ८७ लाख रुपैयाँ र शिवसताक्षी नगरपालिकाका लागि ५७ करोड १४ लाख रुपैयाँ विनियोजन भएको छ ।
कचनकवल गाउँपालिकाका लागि ३८ करोड ३६ लाख रुपैयाँ, कमल गाउँपालिकाका लागि ४७ करोड २४ लाख रुपैयाँ र गौरीगञ्ज गाउँपालिकाका लागि ३२ करोड ६९ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै झापा गाउँपालिकाका लागि ३७ करोड ६ लाख रुपैयाँ, बाह्रदशी गाउँपालिकाका लागि ३७ करोड ३३ लाख रुपैयाँ र बुद्धशान्ति गाउँपालिकाका लागि ३९ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
त्यस्तै कार्यसम्पादनको आधारमा झापामा सबैभन्दा बढी बजेट गौरीगञ्ज गाउँपालिकाले ५९ लाख रुपैयाँ, शिवसताक्षी नगरपालिकाले ५६ लाख रुपैयाँ र कमल गाउँपालिकाले ५६ लाख रुपैयाँ थप बजेट पाएका छन् ।
विनियोजित बजेट न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान, कार्यसम्पादनमा आधारित अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान गरी वर्गीकरण गरेर विनियोजन गरिएको बताइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस