झापाका १५ पालिकाका लागि कुल सात अर्ब ३१ करोड ८६ लाख बजेट विनियोजन
- गाउँ सहर संवाददाता
- २३ जेठ सोमबार, २०७९ | १३:५३:०० मा प्रकाशित

झापा । झापाका १५ पालिकाका लागि कुल सात अर्ब ३१ करोड ८६ लाख बजेट विनियोजन भएको छ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमा झापाका लागि सात अर्ब ३१ करोड ८६ लाख रुपैयाँ विनियोजन भएको हो ।
केन्द्र सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा सो बजेट विनियोजन भएको हो । झापाको मेचीनगर नगरपालिकाले सबैभन्दा बढी ८३ करोड ५८ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ भने हल्दिबारी गाउँपालिकाले सबैभन्दा कम ३० करोड ९९ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ ।
अर्जुनधारा नगरपालिकाका लागि ४९ करोड ४२ लाख रुपैयाँ, कन्काई नगरपालिकाका लागि ३५ करोड ७६ लाख रुपैयाँ विनियोजन भएको छ । यसैगरी गौरादह नगरपालिकाका लागि ५० करोड ९७ लाख रुपैयाँ, दमक नगरपालिकाको लागि ७१ करोड ५१ लाख रुपैयाँ, बिर्तामोड नगरपालिकाको लागि ७० करोड ७९ लाख रुपैयाँ छुट्याइएको छ । त्यस्तै भद्रपुर नगरपालिकाका लागि ४९ करोड ८७ लाख रुपैयाँ र शिवसताक्षी नगरपालिकाका लागि ५७ करोड १४ लाख रुपैयाँ विनियोजन भएको छ ।
कचनकवल गाउँपालिकाका लागि ३८ करोड ३६ लाख रुपैयाँ, कमल गाउँपालिकाका लागि ४७ करोड २४ लाख रुपैयाँ र गौरीगञ्ज गाउँपालिकाका लागि ३२ करोड ६९ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै झापा गाउँपालिकाका लागि ३७ करोड ६ लाख रुपैयाँ, बाह्रदशी गाउँपालिकाका लागि ३७ करोड ३३ लाख रुपैयाँ र बुद्धशान्ति गाउँपालिकाका लागि ३९ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
त्यस्तै कार्यसम्पादनको आधारमा झापामा सबैभन्दा बढी बजेट गौरीगञ्ज गाउँपालिकाले ५९ लाख रुपैयाँ, शिवसताक्षी नगरपालिकाले ५६ लाख रुपैयाँ र कमल गाउँपालिकाले ५६ लाख रुपैयाँ थप बजेट पाएका छन् ।
विनियोजित बजेट न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान, कार्यसम्पादनमा आधारित अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान गरी वर्गीकरण गरेर विनियोजन गरिएको बताइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस