नोएडा इन्टरनेसनल युनिभर्सिटीको क्षेत्रीय कार्यालय काठमाडौँमा
- गाउँ सहर संवाददाता
- १७ जेठ मंगलबार, २०७९ | १८:५१:०० मा प्रकाशित

काठमाडाैँ। ई-स्पट इन्टरनेसनल एजुकेसन ग्रुपले भारतको उत्तर प्रदेशमा अवस्थित नोएडा इन्टरनेसनल युनिभर्सिटीसँग समन्वय गरी उक्त विश्वविद्यालयको क्षेत्रीय कार्यालय काठमाडौँमा स्थापना गरेको छ।
सोही अवसरमा काठमाडाैँको ठमेलमा अवस्थित मल्ल होटलमा एउटा औपचारिक इनागुरल सेरेमोनी कार्यक्रमको आयोजना गरिएको छ।
नोएडा इन्टरनेसनल युनिभर्सिटीका तर्फबाट प्रोफेसर डाक्टर उमा भारद्वाज साथै इ- स्पट ग्रुप का तर्फबाट राकेश कुमार वैद्यले क्षेत्रीय कार्यलयको औपचारिक स्थापनार्थ कार्यालय प्राङ्गणममा उपस्थित भई पानसमा बत्ती बाली र रिबन काटी एशोसिएसनको सुरुवातको घोषणा गरे।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा पोखरा विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर डाक्टर प्रेम नारायण अर्याल; नोएडा इन्टरनेसनल युनिभर्सिटीकी भाइस चान्सलर प्रोफेसर डाक्टर उमा भारद्वाज; नोएडा इन्टरनेसनल युनिभर्सिटीका डाइरेक्टर आकाश शर्मा; नोएडाकै अन्तर्राष्ट्रिय सम्बन्ध तथा एडमिसन डाइरेक्टर अलकानन्दा मिश्र, तथा ई-स्पट इन्टरनेसनल एजुकेसन ग्रुपका म्यानेजिङ डाइरेक्टर राकेश कुमार वैद्यको उपस्थिति रहेको थियो।
नोएडाकी अन्तर्राष्ट्रिय सम्बन्ध तथा एडमिसन डाइरेक्टर अलकानन्दा मिश्रले कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए। यसैगरी द्विपक्षीय सम्मानका लागि दुवै देशको राष्ट्रगान बजाएर कार्यक्रमको सुरुवात गरिएको थियो।
उपस्थित सम्पूर्ण अतिथिहरुले आफ्नो मन्तव्य राख्दै सुरुवातको शुभकामना दिँदै सफलताको कामना गरेका थिए।
नोएडाका तर्फबाट उमा भारद्वाजले प्रोफेसर प्रेम नारायण अर्याललाई टोकन अफ एप्रिसिएसन् प्रदान गर्दै धन्यबाद ज्ञापन गरिन भने नोएडाका डाइरेक्टर आकाश शर्माले इ- स्पटका राकेश वैद्यलाई टोकन अफ एप्रिसिएसन प्रदान गरेका थिए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस