गाउँ सहर

लाइसेन्सका यसअघि दिइएका आवेदनहरू रद्द, नयाँका लागि आजदेखि खुल्यो आवेदन

काठमाडौं । आजदेखि सवारी चालक अनुमतिपत्र–लाइसेन्स) को आवेदन खुलेको छ । आज साँझ ६ बजेदेखि यातायात व्यवस्था विभागले नयाँ लाइसेन्स निकाल्नका लागि अनलाइन आवेदन सुरु हुने जनाएको हो ।

यसअघि दिइएका आवेदनहरू रद्द गरी नयाँ आवेदन प्रणाली सुरु गर्न लागिएको विभागले जानकारी दिएको छ । यसअघि, विभागले सेवाग्राहीको चाप धान्न नसकिएको भन्दै अनलाइन आवेदन बन्द गरेको थियो ।

गाउँ सहर संवाददाता