गाउँ सहर

तारा एयरकाे जहाज सम्पर्कविहीन, खाेजीकार्य जारी

काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडेकाे तारा एयरकाे जहाज सम्पर्कविहीन छ । सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ ।

प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ ।

९ एन-एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालकदलका ३ सदस्य  पनि छन् ।

जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो ।

गाउँ सहर संवाददाता