शिक्षा

कक्षा १२ को यस वर्षको परीक्षा सोमबारदेखि

काठमाडौँ । कक्षा १२ को यस वर्षको परीक्षा सोमबारदेखि सुरु हुने भएको छ । जेठ २५ सम्म चल्ने परीक्षाका लागि आवश्यक तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछन् । बोर्डले जिल्लागत रूपमा परीक्षा केन्द्रहरू निर्धारण गरिसकेको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।

गाउँ सहर संवाददाता